यौन दुव्र्यवहारको आरोपमा प्रहरीको हिरासतमा रहेका निवर्तमान सभामुख कृष्ण बहादुर महराको रक्तचाप अत्यधिक बढेको अस्पताल स्रोतले जनाएको छ ।
पहिले देखिनै उच्च रक्तचापका बिरामी उनलाई तनाव र अस्वाभाविक जीवनशैली भएसँगै रक्तचाप बढेको डाक्टरको भनाइ छ ।
महरा स्वास्थ्यमा समस्या देखिएपछि अहिले नर्भिक अस्पतालमा छन् । उनको स्वास्थ्य अवस्था कै कारण उनको सुनुवाई समेत प्रभावित भएको प्रहरीले जनाएको छ ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।