दुई नायिकालाई एकैपटक यसरी भित्र्याउँदैछन् प्रचण्डपुत्र प्रकाशले



नायिकाद्वय रेखा थापा र करिश्मा मानन्धर नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने भएका छन ।प्रदेश र प्रतिनिधि सभाको निर्वाचन आउनै लाग्दा पार्टी प्रवेशको लहर चलेका बेला राप्रपा प्रजातन्त्रिककी नेतृ थापा र नयाँ शक्तिकी नेतृ मानन्धर माओवादी केन्द्रमा प्रवेश गर्न थालेको स्रोतले बतायो ।

करिश्मा नयाँ शक्तिले एमालेसँग वाम एकता गरेकाले माओवादी केन्द्रमा प्रवेश गर्न लागेकी हुन् । कोमल वलीसँग राप्रपामा गएकी रेखा कोमल एमाले प्रवेश गर्दा एक्लै भएपनि पुन माओवादी केन्द्रमा फर्किन लागेकी हुन् ।

नयाँ शक्ति नेपालकी केन्द्रिय सदस्य समेत रहेकी चर्चित नायिका करिश्मा मानन्धर सम्भवत भोलि वा पर्सीभित्रै पार्टी प्रवेश गर्ने बुझिएको छ ।यता रेखाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डपुत्र प्रकाश दाहालमार्फत पुनः माओवादी केन्द्रमै फर्किन दौडधुप समेत सुरु गरेकी छन ।

रेखाले राजनीतिक यात्रा तत्कालिन एकीकृत नेकपा माओवादीबाट सुरु गरेकी हुन् । त्यसपछि उनी कमल थापा नेतृत्वको राप्रपामा प्रवेश गरेकी हुन् ।

थापाले राप्रपाको एकता महाधिवेशनमा केन्द्रिय सदस्य नै जितेकी हुन् । त्यसपछि उनको लोकप्रियता पनि ह्वात्तै बढेको हो । अहिले उनी राप्रपा प्रजातान्त्रिकमा मा छिन् ।करिश्माले भने माओवादी केन्द्रमै प्रवेश गरेर समानुपातिकमा बस्ने सोच बनाएकी छिन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्