१० प्राकृतिक ‘एन्टिबायोटिक औषधी’ : जसले दिन्छ जीवनदान



हामी बिरामी हुँदा बजारमा पाइने ‘ एन्टिबायोटिक ’ खान्छौ, जुन लामो समयसम्म खाइयो भने, त्यसको उल्टो असर हाम्रो स्वास्थ्यमा पर्न थाल्छ । तर, यी १० यस्ता प्राकृतिक खानेकुरा जसमा एन्टिबायोटिक गुण हुन्छ । यी खानाले शरीरमा रोगसँग लड्ने शक्ति वृद्धि हुन्छ । यिनीहरुको कुनै साइडइफेक्ट हुँदैन ।

१। लसुन – लसुनमा ‘एलिसिन’ नामक तत्व पाइन्छ । जसले मुटुमा हुने समस्याबाट बचाउँन मद्दत गर्छ । खाली पेटमा एक केस्रा लसुनलाई महमा मिसाएर खाने गर्नुहोस् ।

२। मह – महमा पाइने ‘एन्टिओक्सिडेन्ट्स’ले संक्रमण हुनबाट बचाउँछ । कागती पानीमा थोरै मह घोलेर पुउने गर्नुपर्छ ।

३। दालचिनी – यसमा ‘सिनेमेल्डिहाइड’ पाइन्छ, जसले शरीरको ‘टोक्सिन्स’लाई भगाउँन मद्दत गर्छ । तरकारी वा सब्जीमा धोरै हाल्ने वा चियामा हालेर पिउने गर्नहोस् ।

४। बेसार – बेसारमा पाइने ‘करक्यूमिन’ले ‘इम्यूनिटी’ बढाउँन सहयोग पुर्याउँछ । सब्जीमा बाहेक दुध वा पानीमा हालेर पिउनुहोस् ।

५। सुन्तला – सुन्तलामा पाइने भिटामिन सीले रोगप्रतिरोधक क्षमता बढाउँन मद्दत गर्छ ।

६। तुलसी – यसमा पाइने ‘एन्टिआक्सिडेन्ट्स’ले मुटु सम्बन्धि समस्याबाट बचाउँछ । तुलसीलाई चियामा हालेर पिउन सकिन्छ ।

७। अदुवा – अदुवामा पाइने ‘जिन्जेरोल्स’ले क्यान्सरबाट बचाउँछ । अदुवालाई सब्जि वा चियामा हालेर पिउनुपर्छ ।

८। हरियो धनियाँ – यसमा पाइने ‘एन्टिओक्सिडेट्स’ले मधुमेहबाट बनाउँन मद्दत गर्छ । धनियाँको जुस बनाएर पिउनुहोस् ।

९। रातो खुर्सानी – यसरमा पाइने ‘केप्सिसिन’ले पनि रोगसँग लड्ने क्षमतालाई बढाउँन सहयोग गर्छ ।

१०। प्याज – प्याजमा पाइने ‘एन्टीबायोटिक, एन्टी इन्फ्लेमेटरी’ले जोर्नी दुख्ने समस्याबाट बचाउँन मद्दत गर्छ । प्याजलाई सलाद बनाएर खानु राम्रो मानिन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्