महिनाको १६ लाख लिने सलमान खानका बडिगार्ड शेरा शिवसेना प्रवेस



बलिउड अभिनेता सलमान खानका बडिगार्ड शेरा शुक्रबार शिवसेना पार्टीमा प्रवेस गरेका छन्। शेरा मातोश्री निवासमा गएका थिए। जहाँ उनलाई पार्टीको सदस्यता प्रदान गरिएको थियो।

शिवसेनाले ट्विट गर्दै उक्त कुराको जानकारी गराएको छ। ट्विटरमा मराठी भाषामा लेखिएको छ, ‘अभिनेता सलमान खानका निष्ठावान र विश्‍वासिला पात्र गुरमीत सिंह उर्फ शेराले शिवसेना प्रमुख उद्धव ठाकरे र युवा सेना अध्यक्ष आदित्य ठाकरेको उपस्थितिमा शिवसेनाको सदस्यता लिएका हुन्।’

महाराष्ट्रमा अक्टुबर २१ मा विधानसभाको चुनाव हुन गइरहेको छ। शेराले शिवसेनाका तर्फबाट यस चुनावमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने विश्‍वास गरिएको छ।

शेरा विगत २० वर्षदेखि सलमानका बडिगार्ड थिए। सलमानले पनि उनलाई आफ्नो परिवारको सदस्य झै माया गर्थे। शेरा सलमानको बडिगार्ड भए वाफत महिनाको १६ लाख यानकी वर्षको २ करोड लिन्थे।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्