डेंगुको प्रकोप फैलिरहेकाले सतर्कता अपनाउन आग्रह



सैघाली खबर,
काठमाडौं, २५ असोज ।
डेंगु रोगको प्रकोप फैलिरहेकाले सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार १७ जिल्लामा डेंगुको संक्रमण देखिएको छ र यो अझै फैलने अवस्थामा रहेकोछ ।

अझै १०र१२ दिन डेंगु रोगको जोखिम उच्च रहेको महाशाखाका निर्देशक डा। भीम आचार्यले बताउनुभयो । पानी परेका कारण सडक लगायत घर आसपासमा जमेको खाल्डाखुल्डीका कारण लामखुट्टे सक्रिय भएकाले संक्रमणको खतरा भएको उहाँले बताउनुभयो ।
पछिल्लो १० महिना यता दुई सय ५५ जनालाई डेंगु भएको सरकारी तथ्याङ्क रहेको छ ।

यस्तै भक्तपुर, गोरखा, बाग्लुङ, धादिङ, चितवन, रुपन्देही लगायतका जिल्लामा पनि डेंगु भेटिएको छ । डेंगु रोगको जोखिम भएका केही जिल्लामा किटको अभाव हुँदा उपचार प्रभावित हुने भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्