समाचार

नायिका रेखा थापाको कार दुर्घटना

By Thaha - Online

October 11, 2017

सैघाली खबर, काठमाडौं, २५ असोज।– नायिका रेखा थापाको कार दुर्घटना भएको छ । बुधबार दिउँसो चाहविलस्थित ओम अस्पताल अगाडि नायिका थापाको बा १४ च ४७२ नम्बरको कार दुर्घटना भएको हो ।

नायिका थापाको बा १४ च ४७२ नम्बरको कारलाई बा २ ख ८६३२ नम्बरको ट्रिपरले ठक्कर दिएर दुर्घटना भएको गौशलाका ट्राफिक प्रहरी निरीक्षक राजकुमार कार्कीले  जानकारी दिनुभयो । उहाँका अनुसार बुधबार दिउँसो कारको पछाडिको भागमा ट्रिपरले ठक्कर दिए पनि नायिका थापालाई कुनै चोटपटक लागेको छैन । ‘पछाडिबाट ट्रिपरले ठक्कर दिएछ । पछाडिको ढोका पट्टीको भाग स्क्र्याच भएको । नायिका थापा अगाडि बसेकाले कुनै चोटपटक लागेन’ निरीक्षक कार्कीले भन्नुभयो । नायिका थापा गोपीकृष्ण मुभिजको कार्यालय सरस्वतिनगरबाट अन्तर्वार्ता दिएर फर्कने बेला दुर्घटना भएको हो । ट्रिपर चालक र नायिका थापा गौशला प्रहरीमा छन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।