महिला स्वास्थ्य स्वयम सेविकाहरुको माग सेवा अनुरुप सुविधा



सैघाली खबर
दाङ २५ असोज
महिला स्वास्थ्य स्वयम सेविकाहरुले सेवा प्रदान गरे अनुरुपमा सुविधा पाउनु पर्ने माग गरेका छन । दाङको तुलसीपुरमा वुधवार सम्पन्न तुलसीपुर उप–महानगरपालिका स्तरिय महिला स्वास्थ्य स्वयम सेविका वृहत आम भेलाले १८ वुँदे माग पत्र प्रस्तुत गर्दै राज्यले विरामीहरुको सेवा गरे अनुरुपको सुविधाको व्यावस्था ग्यारेन्टी गरिनु पर्ने माग गरेका छन ।

भेला आयोजक समितिकी संयोजक रेखा रोका क्षेत्रीको अध्यक्षता एंव तुलसीपुर उप–महानगरपालिकाको उप– प्रमुख माया आचार्यको प्रमुख आतिथ्यताका सम्पन्न भेला सम्पन्न भएको थियो । भेलामा वोल्दै तुलसीपुृर उप–महानगरपालिका ३ की महिला स्वास्थ्य स्वयम सेविका हुमा वंलीले आफुहरुले निस्वार्थ सेवा समुदाय लाई दिई रहे पनि राज्यले आफुहरुले केही दिन नसकेको गुनासो गरेकी थिईन । उनले हामीले गाँउमा भोकभोकै स्वास्थ्य सेवाका लागि दौडिएका छौ । तर राज्यले त्यसको कुनै मुल्याङकन गर्न सकेको छैन । जसका कारण सेवा – सेवा –सेवा भन्दैमा अझै दौडिरहेका छौ । राज्यले महिला स्वास्थ्य स्वयम सेविकाहरु लाई सेवक मात्रै होईन राज्यको उपभोक्ताका रुपमा पनि हेर्नु पर्छ ।

भेला लाई सम्वोधन गर्दै प्रमुख अतिथि उप– प्रमुख आचार्यले महिला स्वास्थ्य स्वयम सेविकाहरुले निस्वार्थका सेवाका रुपमा लिई स्वास्थ्य उपचार वाट वन्चित रहेका विपन्न वा स्वास्थ्य शिक्षा देखी टाठा रहेका समुदाय लाई स्वास्थ्य सेवा सहितको सामाजिक चेतनाको विकास गरिनु पर्ने वताईन । स्वयम सेविका नै निस्वार्थ र स्वईच्छाले गरिने कर्म रहेकाले ईच्छाशक्ति लाई अझै शशक्त समुदाय प्रति उत्तरदायि वन्न समेत आग्रह गरेकी थिईन । कार्यक्रममा तुलसीपुर उप–महानगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष कुमार लामिछाने , तुलसीपुर उप–महानगरपालिका समाज कल्याण अधिकृत टोप वहादुर डाँगी र जिल्ला जनस्वास्थ्य कार्यालय दाङका विमल केसी लगाएतकाले भनाई राखेका थिए । महिला स्वास्थ्य स्वयम सेविका पार्वता पोख्रेलको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको सहजीकरण पवित्रा गिरीले गरेकी थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्