सैघाली खबर
बाँके २५ , असोज
अन्तरजातीय विवाह गरेका जोडीलाई घर निकाला गरेका, सामाजिक बहिष्कार गरेको समाचार आइरहेका बेला बाँकेमा भने अन्तरजातीय विवाह गर्नेको संख्या बढ्दै गएको छ । अन्तरजातीय विवाह गर्नेमा सबैभन्दा अगाडि राप्ती–सोनारी गाउँपालिकाका युवा–युवती देखिएका छन् । धेरैजसोले प्रेम ९भागी० विवाह गरेका छन् । यस्तै, बाँकेमा आमाबाबुको सहमतिमा अन्तरजातिय विवाह गर्नेको संख्या पनि उल्लेख्य छ ।
साविक फत्तेपुर गाविसका ६०–७० जोडीले अन्तरजातिय विवाह गरेको राप्ती–सोनारी गाउँपालिका–७ का वडा अध्यक्ष रामलखन थारुले जानकारी दिए । उनले पछिल्लो समय अन्तरजातीय विवाह गर्नेको संख्या बढेको बताए । उनका अनुसार, राप्ती–सोनारी गाउँपालिकामा मात्र ३ सय बढीले अन्तरजातीय विवाह गरेका छन् ।
धेरैले आफूखुसी प्रेम विवाह गरेपनि केहीले आमाबाबुको सहमतिमा अन्तरजातिय विवाह गरेको उनले बताए । युवायुवतीको मन मिलेपछि अभिभावकको सल्लाहमा अन्तरजातीय विवाह हुन थालेको अध्यक्ष थारुले जानकारी दिए ।
एक–अर्काको संस्कार सम्मान गर्दा दाम्पत्य जीवन सहज
आमाबाबुको सहमतिमा राप्ती–सोनारी गाउँपालिका–७ की लक्ष्मी थापा मगरले सोही ठाउँका राम सहायक बर्मासँग विवाह गरिन् । बाबुआमाले सहमति जनाएपछि २०६१ सालमा मन्दिरमा गएर विवाह गरेको लक्ष्मी थापा ९बर्मा० ले बताइन् ।
अन्तरजातीय विवाह गरेका मध्ये धेरैको वैवाहिक जीवन राम्रैसँग बितेको छ । अन्तरजातीय विवाह गरेका महिलालाई अर्को समुदायको संस्कार बुझ्न समय लाग्छ । तर, संस्कार, परम्परा र रितिरिवाज बुझ्दै गएपछि त्यही समुदायको संस्कार राम्रो लाग्ने गरेको अन्तरजातीय विवाह गरेका महिलाले बताएका छन् ।
दुवै तिरको संस्कार, परम्परा र रितिरिवाजलाई सम्मान र एकअर्काको भावनाको कदर गर्दै अगाडि बढेकोले वैवाहिक जीवन सुखमय भएको लक्ष्मीले बताइन् । उनले सुरु–सुरुमा अर्को समुदायको संस्कार, परम्परा र रितिरिवाज बुझ्न नसक्दा सनातिना समस्या आएपनि पछिल्लो समय कुनै गाह्रो नभएको बताइन् । ‘एकले अर्काको संस्कार र परम्परालाई सम्मान गर्न सक्ने हो भने पारिवारिक विखण्डन हुन पाउँदैन,’ उनले भनिन्, ‘एकले अर्काको भावनाको कदर गर्न नसक्दा पारिवारिक विखण्डन भएको उदाहरण छन् ।’
प्रेममा परेपछि अन्तरजातीय विवाह
साविक मनिकापुर गाविस–३, मदनापुरकी सपना सुनार र यामराज गोसाई क्षेत्रीबीच अन्तरजातिय प्रेम विवाह भएपछि परिवारले स्वीकार गरेनन्, त्यसपछि उनीहरु छुट्टै कोठा लिएर बस्न थाले । विद्यालयमा अध्ययन गर्ने क्रममा ३ वर्षदेखिको प्रेमलाई उनीहरुले विवाहमा परिणत गरे । ‘विवाह गरेपछि बुवाले छोड्न दवाव दिएपछि भागेर विवाह ग¥यौँ,’ गोसाइँले भने । घर परिवारले स्वीकार नगरेपनि उनीहरुलाई कुनै पछुतो छैन । प्रेममा जातपात नहुने सपनाले बताइन् र भनिन, ‘प्रेमले न जात भन्छ न धनी, गरिव नै भन्छ ।’
सबै मानिसको शरिरमा रगत रातो भएको बताउँदै सपनाले मानिसले बनाएको जातपातका कारण विभेद गर्नु गलत भएको बताइन् । ‘बिरामी भएको बेला रगत चल्ने, तर पानी र विवाहवारी नचल्ने कस्तो विडम्वना हो रु’
जातजातिवीच हुने भेदभावलाई उनीहरुले विकृति ठान्दछन् । सबै मानिसको शरिरमा रगत रातो भएको बताउँदै सपनाले मानिसले बनाएको जातपातका कारण विभेद गर्नु गलत भएको बताइन् । ‘बिरामी भएको बेला रगत चल्ने, तर पानी र विवाहवारी नचल्ने कस्तो विडम्वना हो,’ उनले भनिन् ।
घरपरिवारले सहज स्वीकार्दै
नेपालगन्जका किरण गिरीले मिना परियारसँग प्रेम बिवाह गरे । अहिले उनीहरुको जीवन सुखका साथ वितिरहेको छ । दाईसँगको संगतले मिना र किरण वीच चिनजान भयो । कामको शिलशिलामा नेपालगन्जबाट दाङ गएको बेला भएको चिनजान अन्तरजातिय विवाहमा परिणत भयो । ‘मेरो र उनको विचार मिलेको दुवैको सहमतिमा अन्तरजातिय विवाह ग¥यौँ,’ गिरीले भने, ‘सामान्य ठाक्ठुक भए पनि ठूलो झगडा हुँदैन, झगडा भइहाले पनि समझ्दारीमा विवाद समाधान गर्दै आएका छौँ ।’
विवाह गरेपछि आमाबाबुसँग किरण र मिना डराएका थिए, तर घरमा गएपछि परिवारले सहर्ष स्वीकार गरेपछि उनीहरु भाग्मानी भएको महशुस गरे । घर परिवारले मान्छे सबै एउटै हो, जात भन्ने छैन भनेर आशिर्वाद दिएपछि खुसीले गद्गद भयौँ,’ उनले भनिन् ।
धेरै सफल, थोरै असफल
अन्तरजातिय विवाह भएका धेरैको दाम्पत्य जीवन सुमधुर भएपनि केहिको सम्बन्ध विच्छेद भएको छ । वडा अध्यक्ष रामलखन थारुका अनुसार अन्तरजातिय विवाह गरेका साविक फत्तेपुर गाविसका करिव ७–८ जनाको सम्बन्ध विच्छेद भइसकेको छ ।
बाजा बजाएर भित्र्याएकी पूजा थापाको दाम्पत्य जीवन अगाडी बढ्न सकेन । राप्ती–सोनारी–७, गेन्दवाका बाँकेलाल कुर्मीसँग विवाह बन्धनमा बाँधिएकी पूजाको दाम्पत्य जीवन दिगो रहन सकेन । यसको कारण थियो फरक संस्कार, संस्कृति र परम्परा । एकअर्काको संस्कारमा घुलमिल हुन नसकेकै कारण उनीहरु वीचको सम्बन्ध दिगो हुन नसकेको दुवैको ठम्याई छ ।
अन्तरजातिय विवाह गरेका किरण गिरी र मिना परियार
राप्ती–सोनारी गाउँपालिका–७, का निमा घर्तीमगर ९नाम परिवर्तन० र श्यामेस चौधरी वीच २०५८ सालमा अन्तरजातिय प्रेम विवाह भएपनि आपसी असमझदारीका कारण २०७३ सालमा सम्बन्ध विच्छेद हुन पुग्यो । थारु समुदायको संस्कार र परम्परासँग घुलमिल भइसकेको बेला आपसी असमझदारीले दामपत्य जीवन अगाडी बढ्न नसकेको निमाले बताइन् ।
‘थारु समुदायको संस्कारमा म भिजिसकेको थिएँ, सवै संस्कार, संस्कृति र रितिरिवाज बुझिसकेको थिएँ, तर हामी वीचको असमझदारीले दाम्पत्य जीवनमा दरार आयो,’ उनले भनिन् । सम्बन्ध राम्रो हुन संस्कार, संस्कृतिले केहि नविगार्ने बताउँदै उनले दिगो सम्बन्धका लागि आपस समझदारी र भावना बुझ्नु पर्ने बताइन् । ‘शंकाले लंका जल्छ भन्छन् सम्बन्ध मजबुद हुन एकले अर्काको भावना बुझ्न सक्नु पर्छ अनि सम्बन्ध दीगो हुन सक्छ,’ निमाले भनिन् ।
प्रोत्साहन भत्ता रोकिएपछि विवाह दर्ता शून्य
बाँकेमा अन्तरजातीय विवाह गर्नेको संख्या बढेपनि जिल्ला प्रशासन कार्यालयमा दर्ता गराउनेको संख्या भने शून्य छ । २०६७ मा तत्कालिन प्रधानमन्त्री डा। बाबुराम भट्टराई सरकारले दलितसँग विवाह गर्नेलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेपछि विवाह दर्ता गराए पनि २०७३ सालयता कसैले पनि विवाह दर्ता गराएका छैनन् ।
प्रोत्साहन भत्ता आउन बन्द भएपछि दलितसँग विवाह गरेकाहरु प्रशासन कार्यालयमा आएर विवाह दर्ता गराउन छोडेको जिल्ला प्रशासन कार्यालय बाँकेका सूचना अधिकारी खगेन्द्र पौडेलले बताए । उनले भने, ‘प्रोत्साहन भत्ता पाउने भएपछि दलितसँग विवाह गरेकाहरु विवाह दर्ता गराउन आउँथे होला, अहिले त पूरै बन्द छ ।’
दलितसँग अन्तरजातीय विवाह गरेकाहरुले सुरुको वर्षमा मात्र प्रोत्साहन भत्ता पाएको बताउँदै उनले माग गरेपनि रकम नआएको जानकारी दिए । ‘माग गरेको रकम नआएपछि पछिल्लो समय माग गर्न छोड्यौँ,’ प्रशासकिय अधिकृत समेत रहेका सूचना अधिकारी पौडेलले भने ।
उनका अनुसार २०६७ सालमा ९ जोडीले विवाह दर्ता गराएका थिए । भने २०६८ सालमा ७, २०६९, २०७० र २०७१ सालमा ५, ५ तथा २०७२ मा दलितसँग विवाह गर्ने ३ जोडीले विवाह दर्ता गराएका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।