दाङ
तत्कालिन वेयष्टर्न डेभलपमेन्ट बैंक नारायणपुर शाखाबाट भएको झण्डै १८ करोड रुपैयाँ हिनामिनामा ५६ जना बिरुद्ध उच्च अदालत तुलसीपुरमा मुद्धा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले आज उच्च अदालत तुलसीपुरमा बैंकका सञ्चालक, कर्मचारी र खातावाला गरि ५६ जना बिरुद्ध बैंकिङ कसुरमा मुद्धा दायर गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दाङले दुई महिना अनुसन्धान गरेर प्राप्त प्रमाणहरुलाई अस्ती सरकारी वकिल कार्यालयमा बुझाए पछि कसुरदार बिरुद्ध उच्च अदालतमा मुद्धा दायर भएको हो । १७ करोड ९९ लाख ९० हजार रुपैयाँ हिनामिनामा संलग्नको जालो निकै ठूलो रहेको प्रहरीले प्रमाण फेला पारेको छ । बैंक सञ्चालक समितिका ६ जना समेतको संलग्नता देखिएको प्रहरीको भनाई छ ।
त्यसैगरी वेयष्टर्न बैंकका प्रमुख कार्यकारी अधिकृत सिइओ खिमबहादुर डिसी सहित ७ जना कर्मचारी पनि रकम हिनामिनामा संलग्न देखिएकोे छ । त्यसैगरी रकम हिनामिनामा अन्य ४३ जना खातावाल व्यक्तिहरुको समेत संलग्नता देखिएको पछि उनिहरु बिरुद्ध पनि मुद्धा दायर भएको छ ।
बैंकका शाखा प्रमुख समिर बुढाथोकी सहित ३ जना कर्मचारी र ८ जना खातावाल व्यक्तिहरु प्रहरी हिरासतमा छन् । अन्य ४५ जना पक्राउ परेका छैनन् । उनिहरुलाई अब म्यादी पक्राउ पूर्जी जारी हुने छ ।
वेष्यटर्न बैंकको शाखा नारायणपुरले २ लाख रुपैयाँ सम्म मात्रै लोन दिन पाउने अधिकार भएको तर शाखाबाट १७ करोड ९९ लाख ९० हजार रुपैयाँ बाहिरीए पछि रकम हिनामिनाको रहस्य खुलेको हो । वेयष्टर्न बैंक साउन अन्तिम साता देबः बिकास बैंकमा गाभिए लगत्तै घटना बाहिर आएको थियो । रकम अपचलनमा दोषि नरहेको भन्दै भदौ २७ गते पक्राउ परेका सूचना प्रबिधी अधिकृत विनोद डिसी भने आज छुट्नु भएको छ । त्यसैयरी यस अघि निर्दोष देखिएर छुटेका बसन्त बुढाथोकी फेरी अनुसन्धानमा तानिनु भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।