नगद ७४ हजार सहित घोराहीबाट पाँच जना जुवाडे पक्राउ



प्रेम विवश घर्ती
दाङ
दाङमा प्रहरीले जुवातास नियन्त्रणको अभियानलाई तिब्र बनाएको छ । चाडपर्वको समयमा रमाइलोको नाममा खेलिने जुवातास नियन्त्रणमा प्रहरीले चासो देखाएको हो । प्रहरीले गएराती ७४ हजार ५ सय ६० नगदसहित पाँच जनालाई पक्राउ गरेको छ ।

माडी गाउँपालिका ४ रोल्पा घर भई हाल घोराही उपमहानगर पालिका १५ मीलनचोक कोठा भाडामा बस्दै आउनुभएको वर्ष २९को निम बहादुर भण्डारीको कोठा बाट प्रहरीले रोल्पाको लुङ्ग्री गाँउपालिका–३ का बर्ष ३२ का प्रेमबहादुर बिष्ट, रोल्पा थवाङ गाँउपालिका–१ का बर्ष ३० का कमल बिक, दाङको घोराही उपमहानगरपालिका–१३ बस्ने बर्ष ३६ का केशव बहादुर डाँगी र सोहि ठाँउका वर्ष ३२ का श्यामलाल कामीलाई पक्राउ गरेको हो ।

उनिहरुलाई मूलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ५ को दफा १२५ को जुवा सम्वन्धि कसुरमा मुद्दा दर्ता भई आवश्यक कारवाही अगाडी बढाइने जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्त विनोद विक्रम शाह ले बताएका छन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्