रमेश विश्वकर्मा
गुल्मी । जिल्ला प्रशासन कार्यालयमा सेवाग्राही खचाखच थिए । प्रशासन कार्यालयको बाहिर सम्म सेवा ग्राहीको लाम थियो । हातमा नागरीकता र राहदानीका फारम समातेका उनीहरु पालो पर्खदैँ थिए ।
यतिबेला दशैँ सकिएको छ । तिहार नजिकिदैँछ । दशैँ र तिहार मान्न जन्मस्थान आएका कतिपय दशैँ मनाएर आफ्नो गन्तव्यमा फर्कि सकेका छन् । कतिपयलाई तिहारले अड्काएको छ । यही बिचमा अन्य समयमा भन्दा जिल्ला प्रशासन कार्यालयमा सेवा ग्राहीको भिड् लाग्ने गर्दछ ।
त्यही भिड् मध्येका एक थिए । गुल्मी मदाने गाउँपालिका वडा नं –१ अग्लुङ्गका गोपाल बहादुर चन्द । छोराको नागरीकता बनाउन पुगेका चन्दलाई कतिबेला आफ्नो काम सकिने हो भन्ने चिन्ता थियो । एकैछिनमा उनका छोराले हातमा नागरीकता लिएर आएपछि भने उनको चिन्ता दूर भयो । ‘‘ पहिला भन्दा धेरै सहज भएको रैँछ । समयमा आफ्नो काम भयो । ’’ चन्दले सेवामुखी बन्नु नै प्रशासनको बिशेषता हुने बताए ।
उनी मात्र होइन् । त्यहीँ भिड मध्येका अर्का सेवाग्राही थिए । रेसुङ्गा नगरपालिका ३ भाडगाउँका राजु बिक । उनले पहिले भन्दा प्रशासनमा छरितो काम हुने गरेको बताए । ‘‘सेवा ग्राहीहरु टाढाँबाट पनि आएका हुन्छन् । बेलेमा घर पुग्ने सबैलाई हतारो हुन्छ । ’’ उनले भने । सेवाग्राहीलाई पनि सजिलो भएको राजुले बताए ।
जिल्लाका कुना काप्चाँबाट समेत आएका उनीहरु धेरैलाई गाडी छुट्ने, बजारमा किनमेलका लागि समय छुट्टाउनु पर्ने चिन्ताले सताएको हुन्छ । जसलाई मध्यनजर गदै जिल्ला प्रशासन कार्यालयले पनि आफ्नो सेवालाई चुस्त पारेको छ । सेवाग्राहीलाई व्यवस्थित रुपमा सेवा प्रवाहका लागि असाय, अपाङ्गलाई बिशेष प्राथमिकता दिने गरिएको प्रशासनले जनाएको छ ।
आइतबार सधाका दिनमा भन्दा सेवाग्राहीको चाँप बाक्लो रहेको थियो । प्रशासन कार्यालयका सुचना अधिकारी लक्ष्मण पाण्डेयका अनुसार राहदानिका लागि ७५ जनाले फारम पेश गरेका छन् । जसमध्ये काठमाडौँ बाट राहादानी बनाउनका लागि २३ जनालाई सिफारिस गरिएको पाण्डेयले जानकारी दिए । पाण्डेका अनुसार एकै दिन ९६ जनाले नागरीकता बनाएका छन् । प्रशासनमा राखिएको नागरीक सहायताको प्रभावकारीता राम्रो रहेको पाईएको छ । जसले गर्दा सेवाग्राहीलाई सहज भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।