गयौ बाबा चढेर जहाजमा फक्र्यौ बाकसमा



जनक नेपाली
दाङ,२५ असोज ।

‘साथी संगी लुटपुटिदा बाबाको काखैमा तिम्रै तस्बिर घुम्छ बाबा झलझली आँखैमा ’
‘हाम्रो मात्र बाबा छैनन् सबैका छन् गाउँमा हाम्लाई पनि लैजाउ बाबा तिमी बस्ने ठाउँमा’
‘भन्थिउ बाबा नेपालमा दुःख छ बिदेशमा त पैसाको रुख छ’
‘कालो बादल निलो आकाशमा, कालो बादल निलो आकाशमा’
‘गयौ बाबा चढेर जहाजमा फक्र्याै बाकसमा’

 

 

 

 

 

 

 

 

 

 

 

घडीले बिहानको सात बजाउँदै थियो आगनमा राखिएको बाकस देखेर सबैका आखाँमा रसाउदै थिए । आगनको बाकस देखेर श्रीमती बेहोस भईन । आमा भने छोराको खोजीमा उस्तै गरी छाती पिटी पिटी रुदै थिईन । ३० महिना पछि तिहारको भाई टीकाको दिन सम्म साउदीबाट घर आउने बाचाँ गरेका घोराही उपमहानगरपालिका १२ निघुवारका लालबहादुर विकको घरमा जब एक्कासी उनको शव आयो अनि गीतले भने जस्तै ‘गयौ बाबा चढेर जहाजमा फक्र्याै बाकसमा’ भयो । भाईले फोनमा यस पालिको तिहारमा जसरी भएपनि दिदीहरुको हातको टिका लगाउने भन्दै थियो ।

 

भाई आउने दिन दिन कुरेर सबै आफन्तहरु बसेका थियौ । भाई आएन बरु उसैको शव आउदा सबै जना छाँगाबाट खसे जस्तै भयौ लालबहादुरका दाई पूर्णबहादुर विकले भन्नुभयो । भाई टिकालाई भन्दै लालबहादुरकी दिदीले ढाकाको टोपी किनी सक्नु भएको थियो — भने मखमलीको माला बनाउन लगाउनु भएको थियो । टोपी र मखमलीमाला लगाउन नपाउदा / नपाउँदै लालबहादुर दिदी ,बहिनी आफन्त र दाजुभाई सबैसंग सधैको लागि बिदा भएर जानुभयो । साउदीको रियाद स्थित अल रसिद कम्पनीमा कार्यरत ३४ बर्षीया लालबहादुरको गाडीको ठक्करबाट गत भदौ २९ गते मृत्यु भएको थियो ।

झण्डै एक महिना पछि आज (असोज २५) बल्ल शव घरमा आई पुग्यो । दुर्घटना हुनु भन्दा पाँच दिन अघि कान्छाभाई लालबहादुर संग मेरो फोनमा कुराकानी भएको थियो । मलाई कान्छाले कहिले फोन गर्र्देन थियो त्यस दिन खै कहाँ बाट सम्झियो त कता छस् किन आजभोली फोन गर्देनस् भने लालबहादुरका दाई पूर्णबहादुर विकले भन्नुभयो । कमाई कस्तो छ जहान केटा केटीलाई फोन गर्छस् कि नाई भने यता कमाई नी ठिकै छ जहान केटा केटीलाई फोन गर्छु दाई भन्यो पूर्णले भन्नुभयो । दाई यसपालीको तिहारमा जसरी आउछु है संगै बसौला रमाइृलो गरौला भन्दै फोन काट्यो । पाँच दिन पछि उ मर्नुुको दिन दिउसो १ बजे भाउजु संग भिडियो कल गर्दे भाउजु मैले मासु ल्याएको छु पकाउदै छु भन्दै देखाएछ हामी सबै जना उ आउने खबरले निकै हर्सित बनेका थियौ ।

 

तर त्यो खुशी भगवानलाई मन परेन होला क्यारे राती २ बजे भाईको कारको ठक्करबाट मृत्यु भएको खबर पाँयौ पूर्णले भन्नुभयो । हाम्रो भाईलाई भगवानले हामीबाट टपकै टिपेर लगे अब के गर्नु पूर्णले भन्नुभयो । घरमा एक बर्षकी छोरी सहित दुईभाई छोरा छन् अब उनिहरुको पालन पोषण कसरी गर्ने चिन्ता छ भन्नुभयो । बाल बच्चाको भोटो फेर्न ,श्रीमतीको सिन्दुर किन्न , आमा बा को खुशी खोज्न सुन्दर रहर बोकेर साउदी पुगेका लालबहादुरको शव जब बाकसमा फर्कियो तब परिवारका सबै सपना सिमलको भुवा जतै उडेर गए । सानो भाईलाई बाबा विदेश बाट आउँदा खेलौना गाडी, मैले साईकल ल्याईदिन भनेको छु खै अब ल्याईदिनु हुन्छ कि नाई लालबहादुरका छोरा ११ बर्षीय मनोज विकले भने । बाबा आएपछि बजार गएर तिहारमा नयाँ ÷ नयाँ कपडा, जुत्ता , ज्याकेट ल्याईदिउला भन्नु भएको छ उनले भने । त्यति नै बेला मनोजले गीत गुनगुनाउदै भने

‘साथी संगी लुटपुटिदा बाबाको काखैमा तिम्रै तस्बिर घुम्छ बाबा झलझली आँखैमा
‘हाम्रो मात्र बाबा छैनन सबैका छन् गाउँमा हाम्लाई पनि लैजाउ बाबा तिमी बस्ने ठाउँमा ’

यो गीत गुनगुनाउदै गर्दा मनोजका आखाँबाट मात्र एक्कासी आशु मात्रै झरेनन मलामी गएका सबैलाई रुवाँई छाडे । निघुवार स्थित कक्षा ४ मा पढ्दै आएका उनले बाबा घर आउनु हुन्छ कि भन्ने आशा भएको बताए । भाईले शिशु पढ्छ सानो नानी आमा संग बस्छ घरमा चारजना छौ । बाबा बिदेश जादाँ बिहानै जानु भएको हो त्यही बेला मलाई उठाएर राम्रो संग पढेस् भन्नुभयो । त्यसपछि मैले फोनमा पनि कहिल्यै कुरा गर्न पाईन भाई संग मात्र बाबाले कुरा गर्नु हुन्थ्यो मनोजले भने । आमाले बाबा संग कुरा गर्दा मैले सुनिरहन्थे उनले भने । आमा संग मैले बाबा तिहारमा आउने भन्नु भएको हैन भनेर कुरागर्दा हामीलाई छाडेर जानुभयो भन्नु हुन्थ्यो । गाउँका ठुला मान्छेले तेरो बाबा मर्नु भयो भन्थे अनि बल्ल आज थाहा पाए बाबा मरेको । पुलुक्क पुलुक्क शव तिर हेर्दे कतिबेला रमाईलो मान्दै त कति बेला अलि भावुक हुदै भोक लागेको कुरा मनोजले पटक / पटक गर्दै थिए ।


लालबहादुरको तला थप्ने सपना अधुरै
लामो समय देखि ससुरालको घरमा बस्दै आएका लालबहादुर यसपालि भने बिदेशबाट फर्किए पछि घरको तला थप्ने र ताल भाट्ने सपना थियो त्यो पनि अब अधुरै रह्यो । विदेश गएर घरबाँस किनेका लालबहादुरले गुजारा गर्नलाई एक छाने टिनको टहरो बनाउनु भएको थियो । बिदेश जादाँ टहरो बनाउँने जिम्मा आफ्ना ससुराको काधमा थियो । उहाँको सम्पति केहि थिएन उहाँ धेरै समय हाम्रै घरमा बस्नुभयो छोराले विवाह गरेपछि घरबाट निस्केर अन्तै जानुभयो ससुरा मोहनलाल परियारले भन्नुभयो ।

हामीले एकजना गाउले संग  ईट्टा मागेर एक छाने टहरो बनायौ तर टिन किन्ने पैसा भने ज्वाईले पढाउनु भएको हो परियारले भन्नुभयोे । यो अलि सानो भयो बाल बच्चाले किराकाटीको डर मान्छन् अब आएपछि ताल भाटेर घर पनि अलि अग्लो बनाउने हो ससुरा भन्दै हुनु हुनु हुन्थो मोहनलाल ले भन्नुभयो । ज्वाई मरेर जानुभयो ना नतिना कसरी पढाउने लेखाउनु समस्या आयो अब के गर्ने उहाँले भन्नुभयो । अब लालबहादुरको घरको तला कहिल्यै थपिने छैन, सानो छोरालाई बिदेशबाट बाबा आउँदा खेलौना गाडी कसैलै ल्याईदिने छैन, अर्काे छोरा मनोजको बाबाले किनेको साईकल चढ्ने धोको अब कहिल्यै पूरा हुने छैन ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्