आर्थिक

नक्कली नोट छाप्ने मेसिनसहित ३ पक्राउ

By थाहा अनलाइन

October 21, 2019

काठमाडौंको बौद्धबाट प्रहरीले नक्कली नोट छाप्ने तीन जनालाई पक्राउ गरेको छ ।

बौद्धको नयाँबस्तीबाट सोमबार पक्रिएका ब्यक्तिहरुको पूर्ण जानकारी भने सार्वजनिक भइसकेको छैन ।

ती व्यक्तिको साथबाट नोट छाप्नलाई प्रयोग भएको एउटा मेसिन र पैंतीस हजार बराबरको नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ ।