दुर्घटना

दाङमा दुई वस ठोक्किदा २२ घाइते

By Thaha - Online

October 21, 2019

टेकबहादुर पुन,

दाङ, कार्तिक ४ । दाङ्गको घोराहीमा भएको सवारी दुर्घटनामा परेर २२ जना घाइते भएका छन् ।

 

घोराही लमही सडक खण्ड अन्र्तगत घोराही उपमहानगरपालिका वडा नं. ३ वर्गदुवा चौकमा दुई वस एक आपसमा ठोक्किदा २२ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङ्गले जनाएको छ ।

घोराहीबाट नेपालगंज अाउँदै गरेको ना ५ ख ३९५३ नम्बरको बस र लमहीबाट घोराही तर्फ जाँदै गरेको लु १ ख ९६७९ नम्बरको बस आपसमा ठोक्किएका थिए । दुर्घटनामा दुबै बसका २२ जना यात्रुहरु घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विनोद विक्रम शाहीले बताउनुभयो । उनीहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको प्रहरीले बताएको छ ।