‘घरभित्रै छोरालाई काखा, छोरीलाई पाखा गरिन्छ ’



सैघाली खबर
दाङ, २६ असोज

छोरीलाई घर भित्रैबाट बिभेद हुने गरेको किशोरीहरुले गुनासो गरेका छन् । बुधबार परेको बिश्व बालिका दिवसका अबशरमा धनौरीमा आयोजीत कार्यक्रमा किशोरीहरुले राज्यले पनि किशोरीहरुमाथिको अन्याय अन्याचारलाई निर्मुल पार्न नसकेको उनीहरुको गुनासो थियो ।

दिवशका अबशरमा समाजमा वातावरणीय शिक्षाको बिकास ९ सीड ० तुलसीपुरले आयोजना गरेको बतृत्वकला प्रतियोगीतामा उनीहरुले बालिकाहरु अझै पनि आफ्नो अधिकार पाउन बाट बञ्चित रहेको बताएका थिए । ‘घर भित्र बाटै बालिकाहरुलाई अधिकारबाट बञ्चित गराईएको छ ’ माबि तुलसीपुरमा अध्यनरत छात्रा सुस्मिता वलीले भनिन्‘ छोरालाई निजि बिद्यालय ९ बोर्डिङ स्कुल ० र छोरीलाई सरकारी बिद्यालय पठाईन्छ । जसले गर्दा छोरा सरह छोरीहरु शिक्षा क्षेत्रमा अघि बढ्न सकेका छैनन् ।’

अझै पनि छोरीलाई घरको सम्पुर्ण कामको जिम्मेवारी दिने तर छोरालाई कुनै पनि काम नलगाउने गर्दा आफुहरु चुलो चौकोमै सिमित हुनु परेको माबि तुलसीपुरमै अध्ययनरत बिमला बुढाथोकीले बताईन् । ‘अझै पनि छोरीलाई घरको सम्पुर्ण कामको जिम्मा लगाईन्छ तर छोरालाई घरको काममा लगाईदैन् । ’ उनले भनिन्‘तर अबशर पाए महिलाहरुले पनि पुरुष भन्दा पनि राम्रो काम गरेर देखाउन सक्छौं ।’

आदर्श आधारभुत माबिकी छात्रा मन कुमारी बुढाले घरमा महिला शिक्षित भए मात्रै परिवार शिक्षित हुने तर्क दिदै छोरीलाई शिक्षित बनाएको भोलीको समाज पनि शिक्षित हुने बताईन् । ‘ घरमा महिला शिक्षित भएमात्रै परिवार शिक्षित हुन्छ’ उनले भनिन्‘ एउटा आमा शिक्षित भएमा उसका सन्तान पनि शिक्षित हुन्छन् ।’
आईएम नेपालको आर्थिक सहयोगमा आदर्श आधारभुत बिद्यालय काँसिपुरमा शिक्षित बालिका , शिक्षित समाज शिर्षकमा बक्तृत्वकला प्रतियोगीता भएको हो ।

बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष दोर्ण बहादुर केसीको अध्यक्षता तथा शान्तिनगर गाउपालिका वडा नं। ५ का अध्यक्ष गिरिराज बस्नेतको अध्यक्षतामा कार्यक्रम भएको हो । त्यस अबशरमा बक्ताहरुले समाज परिबर्तनका लागि छोरीलाई पनि छोरा शरह अबशर दिनु पर्ने बताएका थिए । छोरी शिक्षित भएमा भोली देश नै सम्बृद्धि हुने उनीहरुको भनाई थियो ।

सीडका कार्यक्रम संयोजक माधबराज चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथ वडा अध्यक्ष बस्नेतले अहिले अग्रपंतिमा रहेका महिलाहरुले उदाहरणीय कार्य गर्न सफल भएको भन्दै महिलाहरु पनि अबशर पाए सफल भएर देखाउन सक्ने बताएका थिए । कार्यक्रममा वडा सचिब तथा बिशिष्ट अतिथि मिन बहादुर केसी, बिद्यालयका प्रधानध्यापक बिनोद डाँगी, आधारभुत बिद्यालय सुनडवरीका प्रधानध्यापक राम बहादुर केसीलगायतले मन्तब्य ब्यक्त गरेका थिए । साथै बक्तृत्वकलामा शिब शक्ति माबि धनौरीका खिम बहादुर बस्नेत प्रथम, माबि तुलसीपुरका शुस्मिता वली दृतिय, माबि तुलसीपुरका बिमला बुढाथोकी तृतिय र आदर्श आधारभुत माबिका मन कुमारी बुढा सान्त्वना भएकी छिन् ।

कार्यक्रमको सहजीकरण सामाजिक परिचालक बिना खड्काले गरेकी थिईन् ।
यस्तै सीडको आयोजना तथा आईएम नेपालको आर्थिक सहयोगमा साबिक बाघमारेको आधारभुत बिद्यालय पेदा र गोल्टाकुरीको आधारभुत बिद्यालय कौवाघारीमा पनि बक्तृत्वकला प्रतियोगीता भएको छ । यस्तै दिवशको अबशरमा दाङ लगायत देशैभर कार्यक्रम भएको छ । यस वर्षको बालिका दिवस विभिन्न कारणले विश्वमा आउने विपदका क्रममा, विपद अघि र पछि बालिकाहरुले सामना गर्नुपर्ने चुनौती तथा अवसर पहिचान तथा ध्यानाकर्षणको सुरुवातका रुपमा मनाइदैछ ।

बालिकाहरुको शैक्षिक, सामाजिक विकासको लागि संयुक्त राष्ट्रसंघले सन २०१२ देखि यो दिवस मनाउन थालिएको हो । विश्वमा अहिले एक अर्ब १० करोड भन्दा धेरै बालिका रहेको राष्ट्रसंघले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्