ओमप्रकाश गुप्ता
भालुवाङ ३ कार्तिक । दाङ देउखुरीको राप्ती गाउँपालिका १ भालुवाङमा धमाधम सिसि क्यामरा जडान सुरू गरिएको छ ।
चार्डपर्व तथा अन्य समयमा हुन सक्ने अपराधिक क्रियाकलाप,चोरीडकैती तथा दुर्घटना तथा शान्ति सुरक्षालाई मध्यनजर गर्दै राप्ती गाउँपालिकाले वडा नम्बर १ को सम्बेदनशील क्षेत्रहरू भालुवाङ पुल्चोक, प्युठान रोड, पुरानो भालुवाङ,पाखापानी र सार्वजनिक स्थलहरूमा गरि आठ वटा स्थानमा ५ लाख बराबरको ८ वटा सिसि क्यामरा जडान गर्न लागेको गाउँपालिकाका प्रवक्ता विद्याशरण चौधरीले जानकारी दिएका छन् ।
१ नम्बर वडा कार्यालयको पहलमा सुरू गरिएको सिसि क्यामरा जडानले केही हद सम्म अपराधीहरूलाई कानुनी दायरामा ल्याउन सकिने र अपराधिक क्रियाकलापमा कमी आउने अपेक्षा राखिएको वडा अध्यक्ष ताराबहादुर डिसीले जानकारी दिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।