सरु सुनार सैघाली खबर , काठमाडौ । जातीय विभेद गर्दै जातीय गालीगलौज गर्ने नबलपरासीको गैंडाकोट नगरपालिका १२ का अर्जुन पुरी पक्राउ परेका छन् ।
गैंडाकोट नबलपुर १२ भाडामा बस्ने यम कुमारी बिकलाई जातिय विभेद गरे पछी बिकले गैंडाकोट इलाका प्रहरी कार्यलयमा उजुरी दिएकी थिइन् । यस्तो थियोे घटना पीडित यम कुमारी बिक आफ्नो शारीरिक अस्वस्थ छोरालाई लिएर अर्जुन पुरीको घर नजिक अरुको घरमा कोठा लिएर बस्छिन् । ज्याला, मजदुरी गरी अस्वस्थ छोरालाई पाल्नु उनको नियती नै बनेको छ ।
सानो एउटा कोठा भाडामा लिएर घरबेटी कै सानो जमिनको टुक्रामा उनले तरकारी , सागसब्जी रोपिकी छिन् । जुन जग्गा अर्जुन पुरीको परिवारले पिउने पानीको धाराको छेउमा पर्छ । यम कुमारी बिकले उक्त जमिनमा तरकारी खेती गर्दा उहीँ धारा नजिकको बारीको डिलबाट हिंड्न् पर्छ । अर्जुन पुरीले आफ्नो धारा नजिकबाट हिडदा धारा छोइने , दलित , सानोजातले धारा छोए भनी हामीलाई पानी चल्दैन् भन्दै त कमिनी , सानो जात भएर हाम्रो धारा नजिक नहिड भन्दै गाली गरेका थिए । जमिनमा लगाएको बिउ समेत उखेलेर लैजा यो जमिनमा नटेक भन्दै जातीय गाली र अभद्र व्यबहार गरेकाे भन्दै पीडितले कार्तिक ३ गते ईलाका प्रहरी कार्यलयमा उजुरी दिइएकी थिइन् ।
निवेदन लगत्तै प्रहरीले अर्जुन पुरीलाई पक्राउ गरेको थियोे । गत सोमबार दुबै पक्ष बसेर छलफल गर्दा मेलमिलाप पनि पीडितले आफूमाथी जातीय छुवाछूत जस्तो अमानवीय व्यबहार गरेको भन्दै मेलमिलाप गर्न नमाने पछी सोमबार जातीय भेदभाव तथा छुवाछूत कसुर र सजाय ऎन २०६८ अनुसार जाहेरी दर्ता भएको छ ।
स्थानीय दलित अगुवा नरबहादुर बिश्वकर्मा भन्छन्
गैंडाकोट नगरपालिकामा दलित समुदायको जनसंख्या धेरै छ । जातीय बिभेद र छुवाछूत पनि कायम छ प्रत्यक्ष भन्दा पनि अप्रत्यक्ष छुवाछूत बढी छ । यहि घटनामा पनि मुद्दा अगाडी नबढाउने र यहि मिल्ने भनेर दबाब आएको थियोे तर हामी सिङ्गो दलित समुदाय एक भयौं र मुद्दा दर्ता भयो ।
के लेखेको छ त कानुनमा ?
यदि जातीय विभेद गरेको ठहरिएमा जातीय भेदभाव गर्नेलाई तीन महिना देखी तीन बर्षसम्म कैद वा एक हजार देखि पच्चीस हजार सम्म जरिवाना वा दुबै सजाय हुन सक्नेछ ।
जातीय छुवाछूत र विभेदको यो मुद्दा सुरुवात देखि नै सैघाली खबरले पीडित र प्रशासनसंग फलोअप र समन्वय गरी मुद्दा दर्ता गर्न सहयोग गरेको हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।