दलहरुलाई उम्मेदवारको सुची टुङ्ग्याउन सकस



सैघाली खबर
काठमाडौं, २६ असोज

 

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि मनोनयन दर्ताको समय नजिकिंदै जाँदा दलहरुले उम्मेदवारको सुची टुङ्ग्याउन सकेका छैनन् । कांग्रेस सहितको लोकतान्त्रिक गठबन्धन तथा एमाले र माओवादी सहितको बाम गठबन्धनले पनि आउदो निर्वाचनको लागि उम्मेदवार छान्न सकेका छैनन् । निर्वाचन आयोगले कात्तिक ५ गते मनोनयन दर्ता गर्ने कार्यतालिका सार्वजनिक गरेको छ भने असोज २९ गते भित्रै समानुपातिक उम्मेदवारको बन्द सुची बुझाईसक्नुपर्ने छ । आज वाम गठबन्धन र नेपाली कांग्रेस नेतृत्वको प्रजातान्त्रिक गठबन्धनले थप छलफल गर्दैछन् । तर दलहरु समानुपातिको सूचीमा केन्द्रित भएपनि चुनावी तालमेल अनुसारको भागबण्डा मिलाउन समस्या परेको छ । वाम गठबन्धनमा साना वामदललाई दिने सिट संख्याका विषयमा कुरा नमिल्दा सिट संख्या टुङ्गो लाग्न सकेको छैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्