श्रेष्ठमाथी झुठा मुद्दा लगाएकाे दाङ अखिलकाे आरोप



नेपाल कम्युनिष्ट पार्टी नेकपा दाङका युवा नेता विवेक श्रेष्ठमाथी झुठा मुद्दा लगाई प्रहरी नियनत्रणमा राखी फसाउन खोजिएको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन दाङले आपत्ती जनाएको छ ।

मंगलबार एक विज्ञप्ती जारी गर्दै अनेरास्ववियुले विद्यार्थी नेता श्रेष्ठलाई तत्काल रिहाई नगरिए कडा आन्दोलन गर्ने चेतावनी पनि दिएको छ ।

राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानका रजिष्टारमाथि अभद्र व्यवहार र प्रहरीमाथि हातपात गरेको आरोपमा उनलाई सोमबार कैलालीबाट पक्राउ गरिएको प्रहरीले साेमबार जनाएको थियाे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्