भाषा आयोग विधेयक आजै पारित गर्ने तयारी



सैघाली खबर
काठमाडौं, २६ असोज

 

भाषा आयोग विधेयक शीघ्र प्रक्रिया (फास्ट ट्रयाक) बाट पारित गर्न व्यवस्थापिका संसद्ले संसद्को कार्यसञ्चालन नियमावलीको नियम निलम्बन गरेको छ । संसद्को हिजोको बैठकले विधेयक संसद्मा प्रस्तुत भएपछि संशोधन दर्ताका लागि सांसदहरूलाई दिइने ७२ घन्टाको समय सीमा सम्बन्धी व्यवस्था निलम्बन गरेको हो । त्यो समय सीमा लाई अब २४ घन्टामा झारिएको छ । संसद्को आज बस्ने बैठकबाटै आयोग गठन विधेयक पारित गर्ने तयारी अनुसार नियम निलम्बन गरिएको हो । नियम निलम्बनका लागि काँग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठको प्रस्तावलाई माओवादी केन्द्रका प्रमुख सचेतक रेखा शर्माले समर्थन गर्नुभएको थियो । बहुमतले नियम निलम्बनको प्रस्ताव पारित भएको हो । असोज २७ अघि नै विधेयक पारित गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको भन्दै नियम निलम्बन गरी विधेयक फास्ट ट्रयाकबाट पारित गर्न लागिएको हो । भाषा आयोग गठन भएको एक वर्ष भइसके पनि गठन आदेश कानुन अझै पारित भएको छैन । संसद्को कार्यकाल अब छोटो समयमात्र भएकाले विधेयक अब संसद्को पूर्ण बैठकमै दफावार छलफल हुनेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्