मुख्य समाचार

आज विश्व दृष्टि दिवस मनाईंदै

By थाहा अनलाइन

October 12, 2017

सैघाली खबर काठमाडौं, २६ असोज

स्वास्थ्य सबैका लागि, दृष्टिको महत्व बुझौँ भन्ने नाराकासाथ आज विश्व दृष्टि दिवस मनाइंदैछ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहिबार आज उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनका समस्या र समाधानबारे चेतना फैलाउन विश्वभर विश्व दृष्टि दिवस मनाइने गरिन्छ ।

विश्व स्वास्थ्य सङ्गठन र अन्धोपन निवारण कार्यमा संलग्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको छाता संगठन अन्धोपन निवारणका लागि अन्तर्राष्ट्रिय एजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइन्डनेसले सन् २०१० को अध्ययनलाई आधार मानी विश्व स्वास्थ्य सङ्गठनले सन् २०२० सम्म उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनलाई २५ प्रतिशत घटाउने लक्ष्य लिएको छ । सरकारले पनि आफू सङ्गठनको एक सदस्य राष्ट्र भएकाले सन् १९९९ नोभेम्बरमा भिजन २०२० कार्यक्रम मनाउने घोषणा गरी २० वर्षे कार्ययोजना लागू गरेको छ ।