मुख्य समाचार

कारागारमा कैदीका दुई समूहबीच झडप, कम्तीमा १३ जनाको मृत्यु

By थाहा अनलाइन

October 12, 2017

सैघाली खबर काठमाडौं, २६ असोज

मेक्सिकोको नुएभो लेओन राज्यमा रहेको एउटा कारागारमा कैदीहरूको दुई समूहबीच भएको विवादपछिको एक झडपमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ । राज्यका सुरक्षा प्रवक्ता अल्डो वीवीसीले जनाएको छ । त्यो कारागारमा यसअघि पनि पटक–पटक यस्तै आन्तरिक झगडा र झडप हुँदै आएको थियो । घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर रहेको छ । प्रहरीकाअनुसार अहिलेसम्म पनि घाइतेहरूको स्पस्ट पहिचान गर्न सकिएको छैन । घटना भएको कारागार अहिले प्रहरीले नियन्त्रणमा लिएको छ ।