सिमेन्ट उद्योगका कारण सर्वसाधारणलाई सास्ती



जनक नेपाली
दाङ,जेठ १४ । तुलसिपुर उपमहानगर पालिका १९ दुधरासमा सिमेन्ट उद्योग खुल्दा अधिकासं स्थानिय सर्वसाधारण हर्सित थिए । गाउँमै रोजगार प्राप्त गर्ने भएपछि खुशी बनेका गाउँलेका अगाडी त्यो खुशी धेरैदिन टिक्न सकेन । कतिले उद्योगमै रोजगार पाए र अधिकासं सर्वसाधारणहरुले भने उद्योगबाट निस्कने धुवा धुलो बाहेक अरु केही पाएनन् ।उद्योग वरपर वसेका अधिकासं सर्वसाधारणले अब कहिल्यै निको नुहने रोकको समेत सिकार बन्दै गएको स्थानिय गाउँलेहरुले वताएका छन् । उद्योगको धुवा धुलोका कारण आक्रान्त बनेका गाउँलेका लागि सिमेन्ट उद्योग अभिसाब नै बनेको घोराही उपमहानगरपालिका १२ नयाँ बस्तिका सुनिता गन्र्धवले वताउनुभयो । उद्योगका कारण गाउँलेहरुमा धुलो,ध्वनी प्रर्दुशनका कारण मुटुफोक्सो, छाला लगाएतका विभिन्न रोगको सिकार बन्दै गएको गन्र्धवको भनाई छ । उद्योगको वरपर अधिकासं विद्यालयहरु रहेको भन्दै त्यसले विद्र्थीहरुलाई पनि प्रतिकुल असर पुर्याएको छ उहाँले भन्नुभयोे ।

घोराही–तुलसीपुर सडक खण्डको दुधरास चोकदेखि १ किलोमिटर उत्तरमा सञ्चालन भइरहेको सोनापुर सिमेण्ट उद्योगले स्थानीयलाई ठुलो समस्या नै वनाएको छ । बिहान नुहाएर स्कुल गएका भाई बहिनी गएका विद्यार्थी फर्किदा धुलोमा काम गरेर फर्किए जस्ता देखिछन् उहाँले भन्नुभयो । कपडा धोएर सुकाउने ठाउँ छैन बाहिर बस्ने हो धुलोले मान्छे चिनिदैन । त्यस माथि उद्योगको ध्वनिले रातभर निदाउन पाईदैन उहाँले थप्नुभयो ।जनकल्याण माध्यमिक विद्यालय दुधरासका एक शिक्षकले राती ९ वजेपछि उद्योगको अत्यधिक धुलो फाल्ने गरेको बताए । नाम उल्लेख नगर्ने बताउँदै होस्टेलमा बस्दा राती ९ वजेपछि धुँवा धुलोले मात्र नभई चर्काे ध्वनिका कारण विद्यार्थीको पढाईमा प्रत्यक्ष असर पुगेको शिक्षकको भनाई छ । अधिकासं विद्याथीहरु उद्योग वरपरकै क्षेत्रबाट अध्यण गर्न आउँने गरेको भन्दै उनिहरुको स्वास्थ्य अबस्था दिन प्रतिदिन कमजोर बन्दै गएको उहाँको भनाई छ ।

sona-cement

उत्पादन घट्यो
उद्योगकै कारण पछिल्लो समय अन्न उत्पादनकमी आएको छ । धान,गहु,मुसुरो उत्पादनमा घटेको स्थानिय किसानहरुले वताएका छन् । उद्योग बाट निस्कने सिमेन्टको धुलो जमिनमा टासीदा यस्तो समस्या भएको स्थानिय कर्णबहादुर नेपालीले वताउनुभयो । खेतमा वालीनाली लगाए सबै नउम्रने भन्दै सिमेन्टको धुवाले बोटविरुवा वालीनालीलाई समेत असर पुर्याएको नेपालीको भनाई छ । दुधरास क्षेत्र जमिन खण्डहरका रुपमा परिणत भएको उहाको भनाई छ । अन्नवाली उत्पादन हुने जमिनमा उद्योगले असर पुर्याएको भन्दै बार्षीक अन्न उत्पादनमाकमी आएको नेपालीको भनाई छ ।

पानीको हाहाकार
१२ महिना पानी हुने ईनार केहि वर्ष देखि उद्योग वरपरका ईनार सुक्दै गएका छन् । २०÷२५ हातमै कुवा खनेर पानी आएको स्मरण गर्दै तुलसिपुर उपमहानगर पालिका १४ गगन नेपालीले अहिले ३५÷४० हात खन्दा पनि पानी पाउन मुस्किल परेकोमा दुखेसो पोख्नुभयो । उद्योगमा सञ्चालनमा आएका वोरिङले पानीको सतह घट्दा खानेपानीको समस्या विकराल बन्दै गएको नेपालीले वताउँनुभयो । बस्तुभाउ गाई भैसीलाई समेत पानी खुवाउन निकै समस्या भएको वताउँदै त्यसबारेमा उद्योगले कुनै चासो नदिएको उहाँले बताउनुभयो ।
उद्योगका कारण समस्या छैन
उद्योगका लागि आवश्यक पर्ने चुन ढुंगा रोल्पाबाट आयात गरेको छ । साढे पाँच अर्ब लगानीमा सञ्चालनमा आएको उद्योगले अहिले दैनिक ८ सय मेट्रिक टन सिमेण्ट उत्पादन गरिरहेको छ । यसलाई बढाउँदै ३ हजार मेट्रिक टन सिमेण्ट पु¥याउने लक्ष्य उद्योगले राखेको छ । उद्योग प्रशासनले धुवा धुलो नियन्त्रणका लागि प्रविधि जडान गरेको बताउँदै आएको छ । धुवा नियन्त्रणका लागि साइलेन्सर र धुलो नियन्त्रणका लागि इएसटि नामक प्रविधि जडान गरिएको उद्योगका जनसम्पर्क अधिकृत लक्ष्मण गिरीले वताउँनुभयो । उद्योगका कारण स्थानिय नागरिकलाई कुनै समस्या नरहेको अधिकृत गिरीले वताउँनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्