खेलकुदमा अनुशासन आवश्यक छ : राप्ती गापा अध्यक्ष सुवेदी



ओमप्रकाश गुप्ता
भालुवाङ ६ कार्तिक । राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले खेलकुदमा अनुशासन आवश्यक रहेको बताएका छन् । दाङ देउखुरीको राप्ती गाउँपालिका १ नम्बर वडामा खेलकुद कार्यक्रम बुधबारदेखि सुरू भएको खेलकुद उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष सुवेदीले खेलाडीमा अनुशासन नभए सम्म खेल सफल नहुने बताए ।

साथै बोल्ने खेलकुदको माध्यमबाट युवाहरुको शारीरिक, मानसिक,बौद्धिक तथा संवेगात्मक विकास र आपसी भाईचाराको सम्बन्ध कायम गराउन खेलकुद कार्यक्रमको आयोजना गरिएको हो । तिहार तथा छठ पर्वको अवसरमा राप्ती गाउँपालिका १ नम्बर वडा कार्यालयको आयोजनामा फुटवल, क्रिकेट र व्याटमिन्टन प्रतियोगिता सुरू भएको हो ।

वडा अध्यक्ष ताराबहादुर डिसीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख अातिथ्यतामा भएको खेल उद्घाटन कार्यक्रममा राप्ती गाउँपालिकाकी उपाध्यक्ष जगदम्बाकुमारी चाैधरी,प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा, ससत्र प्रहरीबल २९ नम्बर ज्वालामाईगण भालुवाङका डिएसपी रोमबहादुर कार्की, इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख गंगाबहादुर सारू, यातायात विभाग सेवा केन्द्र पाखापानीका नारायण प्रसाद रेग्मी, भालुवाङ खानेपानी सरसफाई तथा उपभोक्ता समितिका अध्यक्ष हस्तबहादुर गुरूङ, टोल विकास समितिका हिराबहादुर झार्की मगर,रामजहदी सामुदायिक वन उपभोक्त समुहका अध्यक्ष हरिप्रसाद श्रेष्ठ, स्वास्थ्य चाैकी भालुवाङका प्रमुख झवीलाल कंडेल, भालुवाङ भुपु सैनिक संघ अध्यक्ष टिकाबहादुर जि.एम, पत्रकार अोमप्रकाश गुप्ता लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

खेलकुद अन्र्तगत फुटवल खेल नेपाल राष्ट्रिय मावि भालुवाङको खेलमैदानमा, क्रिकेट खेल पाखापानी खेलमैदानमा र व्याटमिन्टन खेल पुल्चोक शिव मन्दिर परिसरमा सुरू भएको छ । तीन वटै खेलमा प्रथम हुनेलाई क्रमश १२ हजार मेडल,ट्रफी र प्रमाणपत्रको व्यवस्था रहेको छ भने दोस्रो हुनेलाई क्रमश ७ हजार ५ सय मेडल,ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको छ । साथै खेलकुद प्रति युवाहरूलाई प्रोत्साहन गर्न भालुवाङ भुपु सैनिक संघका अध्यक्ष टिकाबहादुर जि.एमले १५ हजार बराबरको जर्सी टिसट प्रदान गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्