हिन्दू धर्मावलम्बीको दोस्रो ठूलो महान चार्ड तिहार नजिकिए संगै दिपावलीको लागी बजारमा माटाका भाँडाको माग बढेको छ । माग वृद्धि संगै भक्तपुरका प्रजापति समुदायलाई माटाका भाँडा बनाउन भ्याइनभ्याई भएको छ ।
तिहारका लागि माटोको पाला, भिउँटे, ठेकी, धुपौरो लगायतका माटोका सामाग्रीहरुको माग उच्च हुने गरेको व्यवसायीहरुको भनाई छ । पछिल्लो समय विद्युतिय पत्तिहरुको प्रयोग बढे संगै केहि हत सम्ममा उपयोगमा कमि देखिएता पनि माग भने उस्तै रहेको छ । सुरक्षाको दृष्टीकोणले समेत पाला उत्तम मानिने गरिन्छ आगलागी नहुने भएकाले नै माटाका भाडाहरुको प्रयोग विश्वासिलो पनि मानिदै आएको छ ।
बोलाछें, ठीमि, ब्यासी, पोटरी स्क्वायरलगातका स्थानमा तिहारको लागि आवश्यक पर्ने माटाका भाँडा बनाइँदै गरेको देख्न सकिन्छ । व्यवसायीहरुका अनुसार तिहारको समयमा माटोको पालाको माग अत्याधिक हुन्छ । दिपावली गर्न अवसरमा मैन र विद्युतीय बत्ति बाल्ने प्रचलन बढे पनि विगतका केहि वर्ष यता माटोको पालामा मैन भरेको पाला बाल्ने क्रम बढेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।