दुर्घटना

विद्यालयको छानो खस्दा ३९ जना विद्यार्थी घाइते

By थाहा अनलाइन

October 23, 2019

काठमाडौंको तारकेश्वर नगरपालिकामा एक विद्यालयको छाना खस्दा दर्जनौ विद्यार्थीहरु घाइते भएका छन् । दिउँसो पढाई भईरहेको समयमा विद्यालयको छानो खसेको हो ।

तारकेश्वर नगरपालिका– ३ स्थित तारकेश्वर विद्याकुञ्ज सेकेन्डेरी बोर्डिङ स्कुलको छाना खस्दा १ देखि ५ कक्षाका अध्ययनरत ३९ जना विद्यार्थी घाइते भएका छन । घाइते विद्यार्थीहरुको सामाखुसीस्थित ग्रीनसिटी अस्पतालमा उपचार भैरहेको विद्यालयले जनाएको छ ।