गाउपालिकाका अध्यक्षको घरमा जुवाको खाल , ९ जना पक्राउ



,दिपक बोहरा,
तुलसीपुर,२६ असोज ।
दाङ शान्तिनगर गाउपालिकाको अध्यक्षको घरमा जुवा खेल्ने अखडाको रुपमा रहेको रहस्य खुलेको छ । प्रहरीले छापा मार्दा शान्तीनगर गाउपालीकाका अध्यक्ष कमानसिँङ डागीको घरमा जुवा खेलिरहेको भेटिएको हो । लामो समय देखि जुवा खेल्ने अखडाको रुपमा रहेको सुचनाका आधारमा शान्तीनगर २ बाघमारेमा रहेको अध्यक्ष डाँगीको घरमा छापा मार्दा जुवा खेलिरहेको भेटिएको थियो ।

जुवा खेलिरहेको अबस्थामा ९ जना लाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राकेश डागी,गोविन्द बस्नेत, हर्क बहादुर विष्ट,मिन बहादुर खड्का, विर बहादुर विष्ट,राम चौधरी,रत्न बहादुर विष्ट,कर्ण बहादुर परियार र डिल्ली बहादुर वली रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । उनिहरुको साथबाट १६ वटा कौडा र ४१ हजार २ सय ७० रुपैया बरामद गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपि राजेन्द्र प्रसाद अर्यालले जानकारी दिए । पक्राउ परेका लाई जुवा ऐन अनुसार कारवाही गरीने प्रहरीले जनाएको छ ।

गाँउपालीका अध्यक्ष डाँगी असार १४ भएको स्थानीय तहको चुनावमा काग्रेसबाट निर्वाचित हुनुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्