ऐश्वर्यमा केकी सार्वजनिक



काठमाडौं । सार्वजनिक गीत तिमि रोएको पल र ट्रेलरले चर्चामा ल्याएको कार्तिक ९ मा रिलिज हुने फिल्म ’ऐश्वर्य’ ले केकी अधिकारीलाइ अगाडी ल्याएको छ ।
ट्रेलरमा मात्र रिभिल गरिएको केकीलाई निर्माण पक्षले सार्वजानिक गरेको नयाँ पोष्टरमा केकीलाई अभिनेता रमेश उप्रेतीसंग प्रस्तुत गरेको छ ।

ट्रेलरमा दर्शकलाई सरप्राइज दिएपछि निर्माण टीमले केकीलाई पोष्टरमा पनि रिलिज गरेको छ । दर्शकले ट्रेलरमा केकीलाई रुचाएका छन् भने फिल्म भित्र उनि दमदार भूमिकामा रहेको निर्माण पक्षले बताउदा आएको छ ।

फिल्म युनिटको अनुसार केकीलाई प्लानिङ अनुसार नै अगाडी ल्याइएको हो ।
फिल्ममा रमेश उप्रेती , दीपिका प्रसाई , केकी अधिकारी , प्रशान्त ताम्राकार , अर्जुन श्रेष्ठ , निर्मल शर्मा , तेंजु योन्जन लगायतको अभिनय रहेको छ । रमेश उप्रेती प्रस्तुतकर्ता रहेको यस फिल्ममा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता रहेका छन् । । अमेरिकाको बसाइपछी नेपाल फर्किएका रमेशले यसै फिल्म मार्फत निर्माताको रुपमा पनि डेब्यु गरेका छन् ।

निर्मल शर्मा सह निर्माता रहेको यस फिल्ममा लेखन तथा निर्देशन दिवाकर भट्टराईको रहेको छ । सुदीप वरालको छायाँकन रहेको यो फिल्म कार्तिक ९ मा रिलिज हुनेछ । फिल्मलाई अल नेपाल डिसीएनले वितरण गर्नेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्