संसद विघटन हुने हल्लामात्रैः



सैघाली खबर,
काठमाडौं २६ असोज। असोज २८ मा संसद विघटन गर्ने कुनै सहमति नभएको प्रष्ट पार्दै संसद सचिवालयका प्रवक्ता डा। भरत गौतमले संसद सचिवालय र राजनीतिक दलहरुबीच असोज २८ मै संसद विघटन गर्ने कुनै सहमति नभएको बताएका छन् ।

‘असोज २९ मा समानुपातिक सूची बुझाउने दिन भएकाले असोज २८ मै संसद विघटन गर्ने सहमति भएको भन्ने आएको छ, त्यस्तो कुनै सहमति भएको छैन’, प्रवक्ता गौतमले भने, ‘कतिपयले सूची बुझाउने अघिल्लो दिनसम्म संसदको म्याद भनेकाले असोज २८ लाई नै टार्गेट बनाएर अनुकुल बोल्ने गरेको पनि पाइएको छ तर त्यस्तो होइन ।’
संविधानमा सुचि बुझाउने अघिल्लो दिन भनिएकाले केही कन्फ्युज भएको प्रवक्ता गौतमले बताउदै उनले सामान्यतया त्यसरी बुझिएपनि प्रत्यक्षतर्फको सुचि बुझाउने दिन असोज ५ भएकाले असोज ४ सम्म संसदले काम गर्न पाउने बताए ।
निर्वाचन आयोगले प्रतिनिधि सभाको समानुपातिक सूची बुझाउने मिति असोज २९ गते र प्रत्यक्षतर्फको सूची बुझाउने मिति कार्तिक ५ गते तोकेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्