समाचार

करेन्ट लागेर एकको मृत्यु एक घाइते

By थाहा अनलाइन

October 12, 2017

सैघाली खबर, बर्दिया २६ असोज । बर्दियाको ठाकुरबाबा नगरपालिकाबाट धानको भुस बोकेर पोखरा जाँदै गरेको ट्रकमा बिजुलीको लाइनले छुँदा करेन्ट लागेर मृत्यु भएको हो ।

ठाकुरबाबा नगरपालिका–३ जुडपानीबाट भुस बोकेको ना ३ ख ५४८८ नंको ट्रकमा बिजुलीको लाइनले छुँदा करेन्ट लागी घाइते भएका बर्दिया बाँसगढी नगरपालिका– ३ का २० वर्षीय बलिराम थारुको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । अर्का घाइते बाँसगढी–३ कै अर्जुन थारुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।