समाचार

वेश्यावृत्तिको आरोपमा घरधनी सहित ४ जोडी पक्राउ

By थाहा अनलाइन

October 12, 2017

सैघाली खबर, दाङ २६ असोज। तुलसीपुर उपमहानगरपालीका वडा नं। ५ रानीजरुवावाट अवैध रुपमा वेश्यावृत्ति तथा वेश्वायमनमा संलग्न रहेको आरोपमा चार जना युवा र घरधनी सहीत चार जना युवतीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरिक्षक राजेन्द्रप्रसाद अर्यालले जानकारी दिएका छन ।

असोज २४ गते वेलुका गोप्य सुचनाको आधारमा अनुसन्धान गर्दा वेश्यावृत्ति तथा वेश्यागमनमा संलग्न रहेको आरोपमा उनिहरुलाई पक्राउ गरिएको हो । राजनीजरुवा निवासी हिमा चन्दको घरवाट उनिहरु पक्राउ परेका हुन् ।

पक्राउ परेकाहरुलाई मानव वेच विखन तथा ओसार पसार नियन्त्रण ऐन अन्तरगत आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।