प्रदेश ५

स्वास्थ्य विज्ञान प्रतिष्ठान विद्येयकको जिल्ला समन्वय समिति दाङ द्धारा स्वागत

By थाहा अनलाइन

October 12, 2017

सैघाली खबर दाङ २६ असोज जिल्ला समन्वय समिति दाङले राप्ती उपक्षेत्रीय अस्पताललाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने विधेयक संसदले पास गरेकोमा स्वागत गरेको छ ।

विधेयक असोज २४ गते संससद पास गरेको थियो । ‘यो कदमले यस क्षेत्रका जनताको स्वास्थ्यमा अग्रगामी प्रभाव पार्नुका साथै जिल्लालाई प्रदेशको राजधानी वनाउने सन्दर्भमा थप बल पुग्ने हामीले विश्वास लिएका छौ’ जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपाली र उपप्रमुख श्रीधर शर्मा पौडेलले विहीवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा अस्पताललाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्नका लागी भूमिका निर्वाह गर्ने सरकार, संसद, सम्पूर्ण राजनैतीक दलहरु, सासदहरु, सहजकर्ता, उद्योगी÷व्यवसायी, पत्रकार, नागरिक समाज सवैमा आभार प्रकट गर्दै प्रभावकारी कार्यान्वयनका लागी लाग्न सवैमा अनुरोध समेत गरिएको छ ।