जनप्रतिनिधिले हिसाव किताव मागे पछि विल भर्पाई नै गायव



सैघाली खबर
महोत्तरी  , २६असोज 

जनप्रतिनिधिनिधिले महोत्तरीको गौशाला नगरपालिकामा भएको अनियमितताको छानबिन सुरु गरेका छन् । विभिन्न कर स्वरूप थोपाथोपा गरी नगरपालिकामा जनताले तिरेर जम्मा भएको रकम अनियमितता भएको भन्दै छानबिन थालिएको हो । जनप्रतिनिधिले नगरपालिकोको हिसाबकिताब खोज्न थालेपछि कर्मचारीमा खैलाबैला मच्चिएको छ।

गौशाला नगरपालिका तत्कालीन कार्यकारी अधिकृत शम्भु ठाकुर, लेपाखाल नर्भेस राय, लेखासाहायक मनोज चौधरी, प्रशासन फाँटका सुदीप बरालसहितका नगरपालिका कर्मचारीको मिलोमतोमा नगरपालिकाको २ करोड ६४ लाख रुपैयाँ खर्च गरिएको नगरपालिकाका अधिकृत रामजी जोशीले बताए।
साउन १ गतेदेखि भदौ १२ गतेभित्र २ करोड ६४ लाख रुपैयाँ अनियमित ढंगले खर्च गरिको भन्दै छानबिन थालिएको हो । भदौ १९ गते एकै दिन ९० लाख रुपैयाँ नगरपालिकाको गौशालास्थित नेपाल बैंककको खताबाट नगरपालिकाकै अन्य खातामा ट्रान्स्फर गरेर खर्च गरिएको छ ।

आन्तरिक ठेक्कापट्टा, कर्मचारीको तलबभत्ता र कार्यालय सञ्चालनका लागि ६० लाख तथा योजना सञ्चालनको खातामा ३० लाख गरी ९० लाख रुपैयाँ एकै दिन मुख्य खाताबाट ट्रान्स्फर गरेको बैंक स्टेटमेन्टमा उल्लेख छ ।
भदौ १२ गते गौशाला नगरपालिकामा प्रमुख अधिकृतका रूपमा रामजी जोशी आए तर तत्कालीन नगरपालिकाका कार्यकारी अधिकृत ठाकुरले भदौ १९ गते एकै दिन ९० लाख रुपैयाँ नगरपालिकाको मुख्य खाताबाट शीर्षक, उपशीर्षककमा विभिन्न खातामा रुपैयाँ ट्रान्स्फर गरेका थिए । ‘भदौ १९ गते तत्कालीन कार्यकारी अधिकृत ठाकुरसहितका जिम्मेवार कर्मचारीले बैंकमै चेकराइटर लगेर ९० लाख रुपैयाँ खर्च गरेको देखिएयोु, गौशाला नगरपालिकाका अधिकृत जोशीले भने, ‘अन्तरिक आम्दानीको सबै रकम निकालिएको छ।ु

नगरपालिकाका अधिकृत जोशीका अनुसार साउन १ गतेदेखि भदौ १९ गतेसम्म नगरपालिकाको खाताबाट खर्च गरिएको २ करोड ६४ लाख रुपैयाँको बिलभारपाई, निर्णय पुस्तिका, योजनाआयोजनाको प्रगति प्रतिवेदन, कामको मूल्यांकन प्रतिवेदन, गोश्वारा किताब, खर्चको फाँटवारी, योजनाको लागत इस्टिमेटजस्ता कुनै अभिलेख नगरपालिकामा भेटिएको छैन।

‘सरसमानको माग फाराम गरिएको छैन । आर्थिक निमाबली मिच्चिएको छ । खरिद गरिएको सरसमान पुरानो र कामै लाग्ने छैनु, नगरपालिकाका अधिकृत जोशी भन्छन्, ‘नगरपालिका भत्ताभुंग—लथालिंग बनाइएको छ।ु
प्रहरीप्रशासनको रोहबरमा लेखाशाखाको दराज खोलेर हेर्दा नगरबाट खर्च भएका साउन १ गतेयताको एउटा पनि अभिलेख भेटिएको छैन । जनप्रतिनिधिले नगरपालिकामा खर्चको हरहिसाब खोज्न थालेपछि कर्मचारीले गैरकानुनी रूपमा खर्च गरेका कागजपत्र लुकाएका स्रोतले जनाएको छ । तत्कालीन कार्यकारी अधिकृत ठाकुरले समस्या सिर्जना गरेर आफूमाथि आर्थिक हिनामिनाको आरोप लगाइएको दाबी गरेका छन् । उनले भने, ‘मैले हिनामिना गरेको ठहरिए

कारबाही भोग्न तयार छु 
गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतोले नगरपालिकामा भएको खर्चको छानबिन सुरु गरिएको बताए । उनले गहन रूपले अनियमिताको विषयमा अध्ययन अनुसन्धान थालिएको बताए । ‘खर्चका कागजात भेटिएको छैन । खोजी जारी छ । कर्मचारीसँग स्पष्टीकरण मागेका छौं । दोषीलाई कारबाही गर्छौुं, उनले भने।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्