दाङका पहाडी गाँउमा स्वास्थय शिविर



सैघाली खबर
दाङ , २६ असोज
जिल्लाका पहाडी क्षेत्रमा अवस्थित विभिन्न गाँउमा स्वास्थय तथा सरसफाई शिविर एवं सचेतना कार्यक्रम सम्पन्न भएका छन । ‘ स्वास्थय , शिक्षा सचेतना सामुदायिक संस्थाको आयोजनामा बुधबार राप्ती गाँउपालिका ५ मा पर्ने थकरीकोट , लगायतका स्थानमा कार्यक्रम गरिएको हो । 

चिकित्सक प्रकाश विष्ट नेतृत्वको सञ्चालित स्वास्थय शिविरबाट करिब ५० जनाले स्वास्थ्य लाभ लिएका छन् । शिविरमा ज्येष्ठ नागरिकको स्वास्थ्य प्ररिक्षण सहितको औषधी प्रदान गर्नुका साथै , प्रत्येक घरलाई साबुन तथा ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई फलफुल वितरण गर्नुका साथै सम्मान समेत गरिएको थियो ।

सोही क्रममा आयोजीत कार्यक्रममा बोल्दै आयोजक संस्थाका अध्यक्ष समेत रहेका प्रकाश विष्टले सरसफाई र स्वस्थ जीवन मानव विकासका लागि आधारभुत आवश्यक्तता भएको बताउनुभयो । आफनो संस्थाले समयसमयमा जिल्लाका विकट गाँउहरmमा यस्तै किसिमका शिविरहरु चलाउदै आएको जानकारी दिदै उनले आफुहरmले कसैबाट अनुदान वा सहयोग मागेर नभई आफने खर्चमा शिविर चलाउदै आएको जानकारी दिनुभयो ।

यस्तै कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ दाङका सचिव भुपेन्द्र वलीले राज्यले आफनो सेवा सुविधा पुर्याउन नसकेको विकट क्षेत्रमा नागरिकहरको तर्फबाट गरिने यस्ता कार्यक्रमले सबैमा गरिब अशक्तहरुको सेवा गर्नका लागि प्रेरणा प्रदान गर्ने बताउनुयभो ।

स्थानीय ज्येष्ठ नागरिकको नङ काटेर शुरु गरिएको स्वास्थय शिविरमा हाथ धुने तरिका , स्वस्थ दैनिक जिवनयापनका लागि आवश्यक कसरत ,लगायत सरसफाईसंग सम्बन्धित सचेतना समेत दिइएको थियो । कार्यक्रममा श्री प्रावि थरकोटका प्रधानाध्यापक सन्तोष सारु मगर , स्थानीय अगुवा तन बहादुर दर्लामी मगर , विद्यार्थी नेता प्रकाश शाही लगायत बोल्नुभएको थियो । संस्थाका सचिव गरिबु चौधरीले सञ्चालन गर्नुभएको कार्यक्रममा , सो संस्थाका आजीवन सदस्यहरु सुरेश घिमिरे , देविलाल रावत , लगायतको सहभागिता रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्