प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न



सैघाली खबर
दाङ २६ असोज
सिक्किका समान उत्पादन गर्ने उद्यमीका लागि प्रशिक्षक प्रशिक्षण तलिम विहिवार सम्पन्न भएको छ । गरिवी निवारण कोषको आयोजनामा भएको तालिम ५ दिनसम्म सञ्चालन भएको थियो । घोराहीमा सञ्चालन भाएको तालिममा २३ जना उद्यमीहरुले प्रशिक्षण लिएका थिए ।

गरिवी निवारण कोषद्धारा सञ्चालित द्धन्द्ध प्रभावितका लागि बजार निर्माण परियोजना अन्तर्गत सिक्किका समान तयार गर्ने उद्यमीका २२ वटा समूहमा चारसय बढी महिलाहरु आवद्ध रहेका छन् । विभिन्न चरणको तालिमवाट छनोट भएका २३ जना सफल उद्यमीहरुलाई प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरिएको थियो ।

तालिमको प्रशिक्षकहरुमा श्यामवदन श्रेष्ठ र मायाँ राई रहनुभएको थियो । परम्परागत रुपमा ढकिया बुनिरहेका चौधरीहरुको सिप परिमार्जन गरि आधुनिक डिजाईनका र बजारको माग अनुसार समान उत्पादन गर्न सिकाउने उद्धेश्यले सो तालिमको आयोजना गरिएको थियो । सो तालिमवाट उद्यमीहरुले ट्रे, व्याग, वत्ति कभर जस्ता विभिन्न डिजाईनका समानहरु उत्पादन गर्न सिक्नुका साथै प्रशिक्षण दिन सक्ने पनि भएका छन् ।

विहिवार भएको समापन कार्यक्रमको अध्यक्षता गरिवी निवारण कोषका कार्यप्रवन्धक पुष्पलता घर्तिले गर्नुभएको थियो । प्रशिक्षण श्यामवदन श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक गणेश ओलीले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्