आज संसदको अन्तिम बैठक, महत्वपूर्ण विधेयक पारित गर्ने तयारी



सैघाली खबर

काठमाडौं,२७ असोज


व्यवस्थापिका संसद आज अन्त्य हुँदैछ । कार्यसूची र विजनेशका हिसावले संसद आज अन्त्य भएपनि विघटन भने कात्र्तिक ४ मा हुनेछ । सभामुख ओनसरी घर्ती मगरले आज व्यवस्थापिका संसदको बैठक चलाएर संसद विघटन गर्ने तयारी गर्नुभएको छ । आजको बैठकमा महत्वपूर्ण तीनवटा विधेयक पारित गर्ने तयारी भएको छ । भाषा आयोग विधेयक आज पारित गर्न व्यवस्थापिका संसद्ले संसद्को कार्यसञ्चालन नियमावलीको नियम निलम्बन गरेको छ । संसद्को आज बस्ने बैठकबाटै आयोग गठन विधेयक पारित गर्ने तयारीअनुसार नियम निलम्बन गरिएको हो ।

प्रदेश प्रमुखको सेवा सुविधा सम्बन्धि विधेयक पनि पारित हुनेछ । संविधान जारी भएपछि ३ असोज २०७२ मा संविधानसभाबाट व्यवस्थापिका–संसद्मा परिणत भएको संसद्ले संविधान कार्यान्वयनका लागि आवश्यक पर्ने अधिकांश विधेयक पारित गरेको छ । आजकोे बैठकमा छलफल गरेर सकेजति विधेयक पारित गर्ने कार्यसूची रहेको संसदका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिनुभयो । भोलि बिदाको दिन परेकाले आजको बैठकमा विगतको झै संसद् बैठक सञ्चालन हुनेछ । निर्वाचन आयोगले समानुपातिक सूची २९ गते र प्रत्यक्षतर्फ ५ कात्तिकमा मनोनयनको तालिका सार्वजनिक गरिसकेको छ । संसदको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्