मुख्य समाचार

राष्ट्रिय सभा निर्वाचनसम्बन्धी विधेयकमा विवाद, शीर्ष तहको बैठक बस्दै

By थाहा अनलाइन

October 13, 2017

सैघाली खबर

काठमाडौं,२७ असोज

राष्ट्रिय सभा निर्वाचनसम्बन्धी विधेयकमा भने राजनीतिक सहमति जुटाउन प्रमुख दलहरुको बैठक बस्दैछ । आज बिहान संसदको बैठक अगाडी सहमति खोज्न नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठक बसेर सहमति खोज्ने प्रयास हुनेछ ।

हिजो अबेरसम्म गरिएको प्रयास पनि निरर्थक बनेपछि आज बिहान फेरि बैठक बसी विधेयक पारित गराउने विषयमा सहमति खोजिने भएको छ ।व्यवस्थापिका–संसदमा विचाराधीन राष्ट्रिय सभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका विषयमा सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र वाम गठबन्धनबीच दूरी बढेको छ ।

राष्ट्रिय सभा गठनसम्बन्धी सहमति नजुटेपछि अब अध्यादेश मार्फत अगाडी बढ्ने तयारी छ । सरकारले एकल संक्रमणका आधारमा हुने प्रावधान राख्न खोजेको भन्दै एमाले र माओवादीले विरोध गरेका छन् । एमालेले बहुमतीय आधारमा गर्नुर्ने अडान राखेका छ ।