आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपलाको राम्रो सुरुवात



 

सैघाली खबर

काठमाडौं,२७ असोज


आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले राम्रो प्रर्दशन गरेको छ । नेपालले हङकङको तीन विकेट झारेको छ । नेपालका लागी करण केसी, सन्दिप लामिछाने एक एक विकेट लिनु भएको छ । हङकङका एक खेलाडी रन आउट भएका थिए । हङकङ अहिले २५ ओभरको खेल सकिदा ३ विकेटको क्षतिमा ९२ रन बनाएर हङकङले खेलीरहेको छ । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष चारमा परेर सन् २०१९ को विश्वकपमा छनौट हुने संभावना कायम राख्न नेपाललाई हङकङसँगका दुवै खेल जित्नु पर्ने दवाव छ । नेपालले अर्को खेल आइतबाबार खेल्ने छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्