अमेरिका र इजरेल युनेस्कोबाट अलग हुने



 

सैघाली खबर

काठमाडौं,२७ असोज

अमेरिकाले राष्ट्रसंघीय सांस्कृतिक निकाय युनेस्कोबाट अलग हुने घोषणा गरेको केही घण्टा नबित्दै इजरेलले आफू पनि निकायबाट बाहिरिने बताएको छ । इजरेली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले अमेरिकी निर्णयको स्वागत गर्नु भएको छ । यसअघि युनेस्कोकी प्रमुख इरिना बोकोभाले त्यो संस्थाबाट अमेरिका अलग हुनु अति दुःखको विषय भएको बताउनु भएको थियो ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको निर्णयले राष्ट्रसंघीय निकायहरुको मूल्य९मान्यताको उनले गर्दै आएको आलोचनालाई उजागर गरेको वीवीसीले लेखेको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार अमेरिकाले प्यारिसस्थित मुख्यालय रहेको युनेस्कोबाट आफ्नो प्रतिनिधित्व विस्थापित गर्नका निम्ति एउटा पर्यवेक्षण मिसन खटाउनेछ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्