अपराध

रौतहटमा गोलि चल्दा एक घाईते

By Thah Online

October 30, 2019

रौतहट को गौर नगरपालिका–३ मा बुधबार साँझ गोली चलेकोे छ ।

विद्युत प्राधिकरणको कार्यालयनजिकै अज्ञात व्यक्तिले चलाएको गोली लागेर एक जना भारतीय नागरिक घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रहरीका अनुसार ४० वर्षीय विजय गुप्ताको पेटमा गोली लागेको हो । उनको जिल्ला अस्पताल गौरमा उपचार भईरहेको छ ।