खेलकुद

हङकङ द्वारा नेपाल ८३ रनले पराजित , डिभिजन टू को घटुवा नजिक

By थाहा अनलाइन

October 13, 2017

 

 

 

सैघाली खबर काठमाण्डौ २७ असोज 

आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष चारमा परेर विश्वकप छनोटमा स्थान बनाउन जित्नै पर्ने खेलमा नेपाल हङकङसँग ८३ रनले पराजित भएको छ । हारसँगै नेपाल ‘डिभिजन टू’मा घटुवा नजिक पुगेको छ ।

 

आइतबार नेपालले हङकङसँग दोस्रो खेल खेल्नेछ भने आगामी डिसेम्बरमा अन्तिम चरण अन्तर्गत युएईसँग खेल्नेछ । शीर्ष चारमा रहन नेपालले बाँकी सबै खेल जितेर पुग्दैन, हङकङ र केन्याले पनि सबै खेल हार्नुपर्छ ।

अन्यथा नेपाल डिभिजन टूमा घटुवा हुनेछ । यद्यपि विश्वकपमा छनोटको सम्भावना कायमै रहनेछ ।

सन् २०१८ मा हुने डिभिजन टूका शीर्ष दुई टोलीले विश्वकप छनोट खेल्न पाउने छन् । नामिबिया र यूएई डिभिजन टूमा घटुवा भइसकेका छन् भने क्यानडा र ओमान डिभिजन ३ बाट टूमा उक्लिएका छन् । बाँकी दुई टोली टुंगिन बाँकी छ ।