माओवादी नेता घर्तीलाई मातृशोक



सैघाली खबर
दाङ २७ असोज
नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य एवं पाँच नम्बर प्रदेश संयोजक पूर्ण घर्ती ‘आयाम’लाई मातृशोक परेको छ ।

रुकुम चुनवाङ घर भइ हाल घोराही १६ मा बसोबास गर्दै आईरहनु भएका घर्तीका आमा जयकली घर्तीको बिहीवार साँझ ९९ सय बर्षको उमेरमा निधन भएको हो । उहाँ १९७५ साउनमा जन्मनुभएकी घर्तिको विहिवार निधन भएको हो ।

यसैबीच जयकलीको शुक्रवार श्रद्धाञ्जलीसहित अन्त्येष्टि गरिएको छ । सो क्रममा छोरा एवं नेता पूर्ण घर्तीले आमाको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाउनुभएको थियो । सो क्रममा पार्टीका नेताहरु निर्मल आचार्य, हेमराज शर्मा, नारायण अधिकारी, इन्द्रजीत चौधरी, विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य बलबहादुर ओली, जिल्ला सेक्रेटरी सविन पोख्रेललगायत ठूलो संख्यामा उपस्थित नेता कार्यकर्ता र स्थानीयले श्रद्धाञ्जली अर्पण गरेका थिए ।

श्रद्धाञ्जली कार्यक्रमको सञ्चालन माओवादी केन्द्र दाङका सहइञ्चार्ज लुमाकान्त न्यौपाने ‘सागर’ले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्