प्रदेश ५

माओवादी नेता घर्तीलाई मातृशोक

By थाहा अनलाइन

October 13, 2017

सैघाली खबर दाङ २७ असोज नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य एवं पाँच नम्बर प्रदेश संयोजक पूर्ण घर्ती ‘आयाम’लाई मातृशोक परेको छ ।

रुकुम चुनवाङ घर भइ हाल घोराही १६ मा बसोबास गर्दै आईरहनु भएका घर्तीका आमा जयकली घर्तीको बिहीवार साँझ ९९ सय बर्षको उमेरमा निधन भएको हो । उहाँ १९७५ साउनमा जन्मनुभएकी घर्तिको विहिवार निधन भएको हो ।

यसैबीच जयकलीको शुक्रवार श्रद्धाञ्जलीसहित अन्त्येष्टि गरिएको छ । सो क्रममा छोरा एवं नेता पूर्ण घर्तीले आमाको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाउनुभएको थियो । सो क्रममा पार्टीका नेताहरु निर्मल आचार्य, हेमराज शर्मा, नारायण अधिकारी, इन्द्रजीत चौधरी, विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य बलबहादुर ओली, जिल्ला सेक्रेटरी सविन पोख्रेललगायत ठूलो संख्यामा उपस्थित नेता कार्यकर्ता र स्थानीयले श्रद्धाञ्जली अर्पण गरेका थिए ।

श्रद्धाञ्जली कार्यक्रमको सञ्चालन माओवादी केन्द्र दाङका सहइञ्चार्ज लुमाकान्त न्यौपाने ‘सागर’ले गर्नुभएको थियो ।