६२ औ प्रहरी दिवस ‘नागरिकको सुरक्षामा प्रतिवद्ध छौ ’



सैघाली खबर
दाङ २७ असोज
राष्ट्रियता र नागरिक सुरक्षाको लागि कसम खाएका प्रहरीले नागरिकको सुरक्षा र राष्ट्रको रक्षा आफ्नो पहिलो जिम्मेवारी रहेको वताएका छन । ६२ औ प्रहरी दिवसको अवसरमा नागरिक सुरक्षा आफ्नो पहिलो दायित्व रहेको वताएका छन ।

५ नंबर प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख मिङमार लामाको अध्यक्षता एंव उच्च अदालत दाङका निमित्त मुख्य न्यायधिस श्रीमण कुमार गौतमले समाजिक शान्ती सुरक्षा अमण चयनका र राज्यमा शान्ती र सु–ब्यबस्था कायम गराउनका लागी प्रहरीको भुमीका महत्वपूर्ण हुने बताउनु भयो । उहाँले सिमीत श्रोत र साधनका बाबजुत नेपाल प्रहरीले नागरिकको सुरक्षा लाई शशक्त वनाउने सामाजिक सुरक्षा लाई बलियो वनाएको प्रशंसा गर्नुभएको थियो ।

पछिल्लो समय दाङ केही अपराधिक घटनाहरु घट्दै गईरहेकाले त्यस्ता सामाजिक अपराधका घटना न्युनिकरणका लागि सवै नागरिकहरु लागि पर्ने उहाँले वताउनु भयो ।

उक्त कार्यक्रममा संघीय प्रहरी इकाइ कार्यालय तुलसीपुरका प्रमुख प्रहरी बरीष्ठ उपरीक्षक दिलीप कुमार चौधरी, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दुर्गा सींह चन्द, अमर प्रहरी परीवार संघका केन्द्रीय अध्यक्ष नबराज श्रेष्ठ, अमर प्रहरी परीवार संघ दाङकी उपाध्यक्ष निर्मला थापा, पूर्ब प्रहरी संगठनका जिल्ला अध्यक्ष रोबर बहादुर बस्नेत लगाएतले बोलेका थिए ।

कार्यक्रमा द्धन्दकाल लगाएत बिभीन्न घटनामा परेर ज्यान गुमाएका अमर प्रहरी प्रती पुस्पगुच्छा अर्पण गर्दै श्रद्धान्जली एवम सम्मान ब्यक्त गरिएको थियो । दिवसका अवसरमा उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरु, बिभीन्न खेलकुद प्रतीयोगीतामा उत्कृष्ट स्थान ल्याउन सफल खेलाडीहरु पुरस्कृत भएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्