प्रदेश प्रहरी कार्यालय शिलन्यास



सैघाली खबर
दाङ २७ असोज
प्रदेश नं ५ का प्रहरी प्रमुख एआईजि कार्यालयको शुक्रबार उद्घाटन गरिएको छ । मिङमार लामाले भबनको उद्घाटन गरेका हुन् । 

एआईजी मिङमार लामाको निवास र कार्यालय सञ्चालनका लागि एउटा नीजि भवन मासिक एक लाख २० हजार भाडामा लिइएको एआईजी लामाले बताए । तुलसीपुर–सितलपुर सडक अखण्ड अन्तरगत तुलसीपुर उपमहानगरपालिका वडा नं। ६ रजौरा स्टार चोक स्थित एकजना व्यक्तिको घर एआईजी लामाका लागि उक्त भाडादरमा लिइएको हो ।

अहिले उक्त घरमा एआईजी लामा सहित २०÷२५ जना प्रहरी जवानहरु पनि बस्ने छन् । उनले आफ्नो निवासको मासिक खर्च ५५ हजार र कार्यालयको मासिक खर्च ६५ हजार समेत गरि मासिक एकलाख २० हजार भाडा निर्धारण भएको बताए ।

तुलसीपुर आएको दोस्रो दिनमै एआईजी लामाको कार्यालय खोज्न कार्य सुरु भएको थियो । कृषि विकास बैंक शाखा कार्यालय तुलसीपुरको घोराही रोड स्थित पुरानो घरमा भाडामा बस्ने भन्दै प्रहरीले सरसफाई पनि गरेको थियो । तर, कृषि विकास बैंकले उक्त पुरानो भवनमा बस्न नदिने भन्दै ताला लगाएपछि एआईजी लामाको लागि निवास खोज्न झन्डै एक महिना ढिलाई भएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्