अचम्मका कुरा

दाङमा विज्ञान विमर्श (भिडियाेसहित)

By थाहा अनलाइन

November 01, 2019

दाङका युवा वैज्ञानिक किशोर आचार्यले विज्ञानमा प्लाज्माको अत्यन्तै महत्वपुर्ण भुमिका रहेको बताएका छन् ।

विज्ञान तथा सम्भावना अनुसन्धान केन्द्र नेपाल द्वारा आयोजित प्लाज्मा पदार्थको चौथो रूप विषयक कार्यक्रमको पहिलो सत्रमा दाङका युवा बैज्ञानिक आचार्यले पदार्थका अन्य रुप जस्तै विज्ञानमा प्लाज्माको अत्यन्तै महत्वपुर्ण भुमिका रहेको बताएका छन् ।

लक्जेम्बर्ग विश्वविद्यालयबाट विद्यावारिधि गर्दै गरेका आचार्यले सूर्य पनि प्लाज्माकै सहायताबाट चलेको जानकारी दिंदै उनले भने, वैज्ञानिकहरु प्लाज्माको प्रयोग गरेर लामो समयदेखि पृथ्वीमै कृत्रिम सूर्य बनाउन लागिपरेका छन् ।

पृथ्वीमै सानो सूर्य बन्न सके उर्जाका लागि नयाँ आविष्कार हुने पनि उनले बताए ।

बिज्ञान तथा सम्भावना अनुसन्धान केन्द्र नेपालका सदस्य नरेश रेग्मीले कार्यक्रमको सफलताबाट आफुहरु उत्साहित भएको र आगामी दिनमा पनि विज्ञान र प्रविधिसँग जोडिएका विषयमा थप कार्यक्रम गरिने बताएका छन् ।

भिडियाे हेर्न याे लिङ्क क्लीक गर्नुहाेस् :

दाङका युवा बैज्ञानिक तथा लक्जेम्बर्ग विश्वविद्यालयबाट विद्यावारिधि गर्दै गरेका किशोर आचार प्लाज्मा के हो र कसरी बुझ्ने भन्ने विषयमा आफ्नो विषयहरु राख्दै। आयोजक: बिज्ञान तथा अनुसन्धान केन्द्र नेपाल।

تم النشر بواسطة ‏‎Naresh Regmi‎‏ في الخميس، ٣١ أكتوبر ٢٠١٩