​भारतलाई चुनौती दिने गरी नेपालमै चलचित्र बने  निरौला



सैघाली खबर

दाङ ,२७ असोज।  चलचित्र छक्का पञ्जा २ कि निर्देशक दिपा श्री निरौलाले भारतका चलचित्रलाई चुनौती दिने गरी पछिल्ला समय नेपालमै चलचित्र निर्माण भईसकेको बताईन् । चलचित्र पत्रकार संघ दाङले शुक्रबार आयोजना गरेको कार्यक्रममा उनले नेपालमा पनि पछिल्लो समय राम्रा राम्रा चलचित्र निर्माण भईसकेको बताईन् । कुनै समय नेपालमा पनि भारतका चलचित्रले बर्चश्व जमाउन सफल भएको भएपनि पछिल्लो समय भने नेपाली चलचित्रले पनि नेपाली बजार तताईरहेको बताईन् ।

उनले आफु चलचि त्र क्षेत्रमा कायम भएका रेकर्ड तोड्न नभई दर्शकको मन जित्न आएको बताईन् ।  उनले छक्का पञ्जाले नेपाली सिनेमाका सबै रेकर्ड ब्रेक गर्दै आएको तर आफुले रेकर्ड ब्रेक भन्दा पनि दर्शकको मन चोर्न सफल भएको बताएकि छिन् । कार्यक्रममा उनले आफुले निर्देशन गरेको पहिलो चलचित्र सफल र राम्रो भएको तर दोस्रो चलचित्र छक्का पञ्जा २ को वारेमा केहि व्यक्तीले नकारात्मक टिकाटिप्पणी गरेपनि, अधिकाशं दर्शकले फिल्म मन पराएको बताईन् ।

 

उनले फिल्म राम्रो भएकै कारण फिल्मले आफ्नो पहिलो चलचित्र छक्का पञ्जाको समेत रेकर्ड ब्रेक गर्ने सम्भावना बढेको उल्लेख गरिन् । चलचित्र पत्रकार संघ दाङका अध्यक्ष ध्रुवराज न्यौपानेको अध्यक्षतामा भएको साक्षात्कार कार्यक्रममा उनले चलचित्र छक्का पञ्जा २ को दोस्रो हाफमा अलि जटिल विषयवस्तु उठाएकाले सबै दर्शकलाई फिल्मको कथा बुझ्न गाह«ो भएको महशुस आफुले पनि गरेको भन्दै अव निर्देशन गर्ने तेस्रो चलचित्रमा विषयलाई सामान्य ढगंबाट प्रस्तुत गर्ने र चलचित्रलाई लोक संस्कृतीमय बनाउने बताईन् । साथै उनले नेपाली चलचित्रको व्यापार केहि समय अघि निराशाजनक भएको र नेपाली चलचित्रहरु हिन्दी चलचित्रको छायाँमा बस्नु परेपनि अहिलेको समयमा केहि नेपाली चलचित्रले हिन्दी चलचित्रलाई पनि चुनौति दिएको बताईन् । चलचित्र पत्रकार संघ दाङका कोषाध्यक्ष शिव पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा निर्देशक निरौला,चलचित्र छक्का पञ्जाकी नायिका स्वस्तिमा खड्का र निमार्ता सुमन गिरी ले चलचित्रलाई सफल बनाउनुभएकोमा सबै दर्शक र शुभचिन्तकहरुमा धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको संचालन सचिव सन्तोष केसीले गरेका थिए ।।​

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्