वालमैत्री स्थानिय सुसाशन प्रर्वद्धनमा जोड



जेष्ठ १४ , दाङ । सरकारले सवै स्थानिय निकायहरु लाई वालमैत्री स्थानिय सुसासन प्रर्वद्धनका लागि वाल सहभागिता तथा समावेशिता अनिवार्य लागु गर्नुपर्ने कार्यविधि जारी गरे पनि अधिकाश स्थानिय निकायहरुले उक्त कार्यविधि लाई कानुनीपरिपालनको कागजी नियमावलीमा मात्रै पुरा एक कार्यक्रमका सहभागितहरुले गुनासो गरेका छन ।
आईतवार नेपाल पत्रकार महासंघ दाङले आयोजना गरेको सञ्चारकर्मिहरुका लागि वालमैत्री स्थानिय शासन सम्वन्धी दुईदिने अभिमुखीकरण कार्यशाला गोष्ठीको उद्घाटन सत्र लाई सम्वोधन गर्दै सहभागिहरुले यस्तो गुनासो गरेका थिए । नेपाल पत्रकार महासंघ दाङकी वरिष्ठ उपाध्यक्ष लिला शाहको अध्यक्षता एंव नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य अजयदिप शर्माको प्रमुख आतिथ्यताका सम्पन्न कार्यक्रममा वोल्दै प्रमुख अतिथि शर्माले स्थानिय निकायहरु अझै वालमैत्री निकाय वन्न नसक्दा वालवालिकाहरुले आफ्ना अधिकार वाट वञ्चित हुनुपर्ने वाध्यता रहेको वताउनुभयो ।जसका कारण वालवालिकाहरुले राज्यले दिएको अधिकार उपभोग वाट समेत वञ्चित हुनु परेको गुनासो गर्नुभयो । उहाँले सञ्चारकर्मिहरुले अव स्थानिय निकायहरु लाई वालमैत्री निकायहरुका रुपमा स्थापित गर्न झझक्याउनु पर्ने वताउदै भने ‘अव पत्रकार आँखा वाल सहभागिता र समावेशिता सगै वालवालिकाहरुको क्षमता विकासमा केन्द्रित हुनु पर्ने जोड दिनुभयो । ’ वालवालिकाहरु आजका कर्णधार र भोलीका राष्ट्र निर्माता रहेकाले आजै देखी वालवालिकाहरुको अधिकार र विकासका लागि शशक्त आवाज उठाउन आवश्यक रहेको शर्माले वताउनु भयो ।
त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि नेपाल पत्रकार महासंघका निर्वतमान अध्यक्ष्ता एंव सल्लाहाकार सुदिप गौतमले अझै पनि स्थानिय निकायहरुका पुर्वाधार र अधिकारहरु वालमैत्री नभएको गुनासो गर्दै स्थानिय निकायहरु लाई वालमैत्री निकायहरुका रुपमा विकास गर्न हामी सवैको जोड रहेको वताउनु भयो । सरकारले वालवालिकाहरुको लागि वर्षेनी छुट्याउने १५ प्रतिशत रकम अझै वालवालिकाहरुको क्षमता तथा अन्य अधिकारका सवालमा खर्च नहुने गरेको गुनासो गर्नुभयो । उहाँले अभैm त्यसमा थप्दै भनुभयो ‘वालवालिकाहरुको क्षमता विकासको परिपाटो घर परीवार वाटै सुरु हुने भएकाले सवैले आफ्ना वालवालिकाहरुको अधिकारका सवालमा स्थानिय निकायहरुमा विलय होईन , विकासको संकार विकास गर्न आश्यक रहेको वताउनु भयो । ’ दुईदिन सम्म संचालन हुने उक्त तालिममा जिल्लाको घोराही र तुलसीपुरमा संचालन हुने भएको छ । तालिममा दुवै क्षेत्रका करिव ८० जना सञ्चारकर्मिहरुको सहभागिता रहेको नेपाल पत्रकार महासंघ दाङले जनाएको छ । भने कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ दाङका सचिव भुपेन्द्र प्रकाश वंलीले गरेका गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्