दुर्घटना

टिपर दुर्घटना हुँदा चालकको मृत्यु

By Thah Online

November 02, 2019

काभ्रेको धुलिखेल नगरपालिका–११ स्थित बिपी राजमार्ग खण्डको पात्लेखेतमा शनिबार बिहान टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

नमोबुद्ध नगरपालिकाको भकुण्डेबाट धुलिखेलतर्फ आउँदै गरेको बा ४ ख ९४८५ नम्बरको टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको जिÞल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए ।

प्रहरी नायब उपरीक्षक गिरीका अनुसार सडकबाट अन्दाजी १०० मिटर तल खस्दा टिपर चालक सिन्धुलीका २४ वर्षीय गणेशबहादुर कार्कीको मृत्यु भएको छ । बालुवा लिएर आएको टिपर आफैँ अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने जनाइएको छ ।