मेयर देखि वडा अध्यक्षका हातसम्म झाडु



सैघाली खबर 

दाङ, ७ असोज । शुक्रबार नारायणपुर बजारको माहोल अलि फरक थियो । घोराही उपमहानगरपालिका मेयर देखि वडा अध्यक्ष सम्मका हात हात सम्म झाडु देखिन्थ्यो । दृश्य हेर्दा लाग्थ्यो सबैजना घरको काम गर्दा गर्दै दौडिदै चोकमा आई पुगेका छन् । त्यो कुनै घरको काम थिएन बरु घोराही उपमहानगरपालिका–१० ले नारायणपुरमा शुक्रवार सरसफाई गरिएको दृश्य थियो । वडा नम्वर १० को आयोजनामा नारायणपुरको खैरा, नारायणपुर बजार लगायतका स्थानहरुमा सरसफाई गरिएको थियो । सरसफाई कार्यक्रम वडा नम्वर १० का अध्यक्ष चित्रबहादुर डागी ‘निर्मल’ नेतृत्वमा सम्पन्न ।


घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, घोराही उपमहानगरपालिकाका विपद व्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगी लगायतका उपस्थितिमा भएको कार्यक्रममा नारायणपुर उद्योग वणिज्य संघ, ईलाका प्रहरी कार्यालय नारायणपुर लगायत सामाजिक संघसंस्थाको सहभागीता रहेको थियो ।
सरसफाई पश्चात भएको कार्यक्रममा बोल्न वक्ताहरुले सरसफाई मानिसहरुको प्रत्यक्ष स्वास्थ्यसँग जोडिएकाले सरसफाईमा सवैले ध्यान दिनुपर्ने बताएका थिए ।
वडा अध्यक्ष चित्रबहादुर डाँगी (निर्मल) ले वडाबासीहरुमा अनुरोध गर्नुभयो । नारायणपुर बजार क्षेत्रको फोहोर हरेक शुक्रवार साप्ताहिक रुपमा उठ्ने गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्